पहिराेको कारण रामेछापको मुख्य सडक अवरुद्धः यात्रा नगर्न प्रहरीको आग्रह



१२ असोज, रामेछाप ।
लगातारको बर्षाको कारण रामेछापका मुख्य सडक अवरुद्ध हुन पुगेको छ । सिन्धुलीको नेपालथोक सडक खण्ड रोशी खोलाले बगाएसँगै रामेछाप–काठमाडौ आवतजावत पूर्ण रुपमा अबरुद्ध हुन पुगेको छ । मन्थली–सेलेघाट खुर्कोट सडक खण्ड पनि अबरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले सेलेघाट सडक खण्ड अन्तर्गत कुनौरीमा अवरुद्ध सडकमा पहिलो पन्छाउने काम भए पनि लगातार पानी परिरहेको खस्ने काम नरोकिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार मन्थली–रामेछापडाँडा सडक खण्ड र मन्थली–धोबी जाने सडक खण्ड अवरुद्ध छ । सिंहले अत्यावश्यकीय काम बाहेक सडकमा यात्रा नगर्न रामेछापवासीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्