रामेछाप–दोलखा जोडने सडक पनि पूर्ण रुपमा अवरुद्ध



१४ असोज, रामेछाप ।
तामाकोसी नदीले मन्थली दोलखा सडक खण्डको किर्नेटारमा सडक बगाएपछि रामेछाप–दोलखाको सिधा सम्बन्ध टुटेको छ । तामाकोसी नदीको बहाप नघटदा अस्थायी रुपमा अझै सडक सुचारु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

स्थानीय शेरबहादुर खड्का अनुसार किर्नेटार क्षेत्रमा करिब पाँच सय मिटर सडक तामाकोसी नदीले कटान गरेको छ । सडक डिभिजन कार्यालय खुर्कोटले नदीमा पानीको बहाप घटेसँगै सडक सुचारु गराउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्