रामेछापमा बस दुर्घटनाः दशै मान्न घर हिडेकी श्रेष्ठको मृत्यु



२२ असोज, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित मन्थली सित्खा सडक खण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन् । आज साँझ काठमाडौबाट सिन्धुलीको अमारेतर्फ जादै गरेको २७ बर्षिय कृष्ण थापाले चलाएको प्र.३ ०१–००५ ख ९५७९ नम्बरको बस बस अचानक ब्रेक फेल भई दुर्घाटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परी सिन्धुली सुनकोसी गाउँपालिका–६की काजिमान श्रेष्ठकी १७ बर्षिय छोरी युनिसा श्रेष्ठको बाटोमा नै मृत्यु भएको छ । प्रहरीका अनुसार गाडीको बे्रकफेल भएपछि आत्तिर यात्रुहरु हाम फाल्ने क्रममा घाइते भएकी श्रेष्ठको उपचारको क्रममा बाटोमा लैजादै गरेको अवस्थामा मृत्यु भएको प्रहरीले बताएको छ ।
घाइते हुनेहरुमा सिन्धुली सुनकोशी गाउँपालिका– ६ की सोभा थापा, मनिषा रम्तेल आयुस्मा श्रेष्ठ सरिता चौलागाई,सविता न्यौपाने,ईन्दीरा रिमाल सावित्रा न्यौपाने उमा न्यौपाने आकृति बयलकोटी,मनिसा रम्तेल, प्रिती रिमाल, मनिकला ढकाल रहेको छ । उनीहरुको हाल खाल्ड अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्