रामेछापको कुलोडाँडामा फेरि गाडी दुर्घटना



२३ असोज, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकामा आज पनि गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि यात्रुहरु घाइते भएका छन् । काठमाडौंबाट खाँडादेवी गाउँपालिका–१ राकाथुम हुँदै भिरपानी जादै गरेको बोलेरो गाडी दुर्घटना हुँदा यात्रुहरु घाइते भएका छन् ।

राकाथुम र मुझावाको सीमाना कुलोडाँडामाथि च्यानडाँडामा गाडी दुर्घटना हुँदा गाडी सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । दुर्घटनामा परेको गाडीलाई रुखमा डोरी बाँधेर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्