अबरुद्ध बिपि राजमार्ग भोलिबाट सञ्चालनमा आउने



मधुसुदन रायमाझी
२४ असोज, काठमाडौं । यही असोज ११ र १२ गते अविरल बर्षासँगै रोशी खोलामा आएको बाढीको कारण अवरुद्ध हुन पुगेको बिपि राजमार्गकाे नेपालथाेक चाैकीडाँडा खण्ड भोलिबाट सञ्चालनमा आउने भएको छ । बाढीले सिन्धुलीको नेपालथोक र काभ्रेको चौकीडाँडा खण्डमा ११ स्थानमा क्षति पुर्याएको थियो ।

बाढी क्षति पुरयएको सडक सुचारु गराउनको लागि स्थानीय सरकारसँगै सडक विभागले काम निरन्तर रुपमा गर्दै आएको छ । विगत ११ दिनदेखि रातदिन नै गरेर करिब २० वटा भन्दा मेसिन प्रयोग गरेर काम भइरहेको छ । बिपि राजमार्ग नखुल्दा अन्य वैकल्पिक सडक प्रयोग गरेर यात्रुहरु दशैमा घर लागेका छन् । सडक विभागको निरन्तरतको प्रयासको कारण भोलिबाट अवरुद्ध बिपि राजमार्ग सञ्चालनमा आउने भएको छ । सडक विभाग अन्तर्गत रहेको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले आज रातभर मंगलटार खण्डमा दस वटा मेसिन प्रयोग गरेर डाइभर्सन सम्पन्न हुने र भोलिबाट बिपि राजमार्ग सञ्चालनमा आउने रामेछाप न्युजलाई बताए ।
सडक सुचारु गराउने कार्यमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँका सुपरिटेन्टेन इन्जिनियर शुभराज न्यौपाने, सडक डिभिजन भक्तपुर र खुर्कोटका प्रमुखसहितको प्राविधिकहरु फिल्टमा खटिदै आएका छन् l


आज दिउसो मन्त्रालयका सचिव शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीमा शुक्रबार बिहान १० बजेपछि वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी गराएका छन् । रातभर काम गर्दा बाँकी तीन ठाउँको अवरोध पनि हट्ने र राजमार्ग खुलेपछि मात्रै आफूले दशैं मनाउने जानकारी सचिव शर्माले गराएको ओलीले उल्लेख गरेका छन् । सडक खुलाउन अहोरात्र खटिएका प्राविधिक सहित सम्पूर्ण टिमलाई प्रधानमन्त्री ओलीले धन्यवाद पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्