बिपि राजमार्ग खुलेसँगै प्रहरी हैरान



मधुसुदन रायमाझी

२७ असोज, काठमाडौं ।असोज ११ र १२ गते रोशी खोलामा आएको बाढीको कारण क्षति हुन पुगेको बिपि राजमार्गको नेपालथोक–चौकीडाँडा खण्ड तीन अघि सञ्चालनमा आएको छ । बाढीले बिपि राजमार्गको विभिन्न ११ स्थानमा गरेर करिब १२ किलोमिटर सडक पूर्ण रुपमा क्षति गरेको छ । सडक विभाग र स्थानीय सरकारको समन्वयमा रोशी खोलालाई डाइभर्सन गरेर अहिले स्थायी रुपमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

सडक सञ्चालनमा आएपछि ठूला वस सञ्चालन हुन सकिरहेको छैन् । बस मात्र होइन साना कार पनि हाल सञ्चालन गरेको गाडीबाट आवतजावत गर्न कठिन रहेको इकाई प्रहरी कार्यालय मंगलटारका इन्सेपेक्टर कृष्ण गिरीले बताए । उनले रामेछाप न्युजसँग भने,‘सडक खुले पनि यात्रा सहज छैन, हामीले जिप, बोलेरो र मोटरसाईल मात्र सञ्चालन गर्न आग्रह गरेका छौ, तर सवारी धनीको जबरजस्तीको कारण हैरान भएका छौ ।’

प्रहरीले डाइभर्सन साँघुरो छ, कार सञ्चालन गर्न सकिने अवस्था छैन, सवारी धनीहरुले जबरजस्ती गाडी लाने ल्याउने गर्दा बीच सडकमा विग्रने र थप जाम हुने गरेको छ ।’ कठिन सडक भएकाले सावधानीपूवर्क यात्रा गर्न आफूहरुले सवारी चालक र सवारी धनीहरुलाई समझाउने गरेका छौ, सरकारी सडक हो,कार लगायतका सवारी धनीहरुले बाटो हाम्रो पनि भनेर जबरजस्ती चलाउदा समस्या थपिएको छ, गिरीले भने । प्रहरीले भनेको आग्रह नमान्दा केही दिन अघि मात्र रोशी खोलामा निजि कार रोशीले बगाएको थियो । हायस गाडी चल्ने अवस्था अहिले छैन, बस बाटो सानो भएकाले चलाउन मिल्दैन, टाटासुमो र बालेरो र जिपहरु सञ्चालन भइरहेका छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्