मन्थली–लुक्ला उडान दुई दिनदेखि ठप्प



२९ असोज, रामेछाप ।
खराब मौसमको कारयण मन्थली–लुक्ला उडान दुई दिनदेखि ठप्प भएको छ । खुम्बु क्षेत्रको खराब मौसमका कारण उडान हुन नसकेपछि मन्थली विमानस्थलबाट लुक्ला जाने पर्यटक अलपत्र परेका छन् ।मन्थली विमानस्थलबाट सोमबार र मंगलबार दुवै दिन खुम्बुको खराब मौसमका कारण उडान हुन नसकेको मन्थली विमानस्थलका उप–प्रबन्धक हिरण्य साहले बताए ।

मौसम खुलेको समयमा बिहानदेखि साँझसम्म दैनिक ३ वटा निजी क्षेत्रका विमानले ५५ भन्दा बढी उडान भर्दै आएका छन् । नागरिक उड्डयन प्राधिकरणले सगरमाथा घुम्न जाने पर्यटकलाई लक्षित गरेर मन्थलीबाट–लुक्ला उडान सञ्चालन गर्दै आएको छ । मन्थली विमानस्थलबाट निजी क्षेत्रका समिट, तारा र सीता एयरका विमानले सगरमाथा जाने पर्यटकका लागि उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्