रामेछाप–सिन्धुली जोडने खुर्कोटमा बेलिब्रिज बन्यो



१ कात्तिक, रामेछाप ।
सिन्धुलीको खुर्कोट र रामेछापलाई जोड्ने खुर्कोटको पुलको निर्माण कार्य सम्पन्न भएको छ । बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज निर्माण भएसँगै दुई सडक जोडिएको हो । नेपाली सेनाले दुई जिल्ला जोड्ने रामेछापको मुख्य मार्ग सुचारु गर्ने बाटो अन्तिम चरणमा पु¥याएको जनाएको छ । रामेछापको लाइफ लाइनको रूपमा रहेको खुर्कोट पुल गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण सुनकोसी नदीले बगाएको थियो । खुर्कोटको पुल बगाए पश्चात् रामेछाप सहित ओखलढुङ्गा प्रवेश गर्ने यात्रुले समस्या भोग्नु परेका थियो ।

दोलखा मुँडे हुँदै मन्थलीसम्म १० देखी ११ घण्टाको समय लगाएर सवारी साधनहरु आवतजावत गरिरेहेका छन । नेपाली सेनाले एमपिवि (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछापलाई जोडेको छ । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले बुुधबार बेलुुका एमपिवि राखेर दुुई जिल्ला जोडेको हो । सो अवसरमा रामेछापबाट निर्वाचित प्रतिनिधिसभा सदस्य उर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छारामसमेत उपस्थिति रहेको थियो । काम सुरु भएको नवौ दिनमा बेलिब्रिज जडान गरेको हो ।

शनिवारसम्म जडानको काम पूर्ण रुपमा सकेर यातायात सुचारु गरिने पुल निर्माणमा प्राविधिक कामको नेतृत्व गरेका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले बताए । तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोहि ठाँउमा एमपिवि जडान गरिएको छ । पुल निर्माणको लागि पहिलो चरणमा नोज कन्ट्रक्सनको काम सकेर असोज २२ गतेबाट ब्रिज कन्ट्रक्सनको काम सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्