रामेछापमा सुरक्षा व्यवस्था कडा बनाइयो



८ मंसिर, रामेछाप ।
रामेछापमा शान्ति सुरक्षाको व्यवस्था कडा बनाउन जिल्ला सुरक्षा प्रमुखलाई सुरक्षा निकायका प्रमुखहरुले निर्देशन दिएका छन् । निर्वाचनमा शान्ति सुरक्षाको अवस्था मजबुद्ध बनाएर मतदातालाई ढुक्कसँग मतदान गर्ने वातावरण सृजना गर्न गृह सचिव सहितका सुरक्षा निकायका प्रमुखहरुले निर्देशन दिएका हुन् ।


शुक्रवार रामेछाप आएका गृहसचिव मोहनकृष्ण सापकोटा, नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, शसस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाली सनाका उच्च अधिकारी सहितको टोलीले रामेछापको निर्वाचनको बारेमा जानकारी दिदै सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् ।
कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछाने, रामेछापका प्रहरी प्रमुख डिएसपी कुमोद ढुंगेल लगायतका सहभागीता रहेको थियो । प्रजिअ छामिछाने र डिएसपी ढुंगेलले शान्ति सुरक्षाको अवस्था मजबुद्ध बनाउने बताएका थिए ।
जिल्ला सुरक्षा समिति रामेछापले जिल्लाभर शान्ति मजबुद्ध बनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप्रसाद लामिछानेले जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको रामेछाप न्युजलाई जानकारी दिए । उनले भने,‘निर्वाचनको लागि सम्पूर्ण रुपमा सुरक्षा व्यवस्था मिलाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्