बेथान वीरता दिवसको ऐतिहासिक महत्व
बीसौ शताब्दिको अन्त्य र एक्काइसौ शताब्दिको सुरूका बर्षहरूमा सगरमाथाको काखमा रहेको किसानहरूको सानो देश नेपालका गरिबी र उत्पिडनमा पिल्सिएका नेपाली जनताले सामन्तबाद,साम्राज्यवाद र विस्तारवादका विरूद्द सारा विश्व नै चकित हुने गरी हतियारबद्व संघर्ष गरे । संसदीय गोलचक्करमा फसेको नेपाली राजनितिलाइ अग्रगामी निकास दिनको लागि ू प्रतिक्रियावादी राज्यसत्तालाइ ध्वंस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्दको बाटोमा अघि बढौ ू भन्ने नाराका साथ २०५२ साल फागुन १ गते माओवादीले जनयुद्दको थालनी गर्यो ।
तत्कालीन परिबेसमा संसदवादीहरूले गरेका जनचाहानाको उपेक्षा, फरक मत र विचार राख्नेहरूको दमन र हत्या, जनताको अपमान,राष्टविरोधी गतिविधि र विदेशी हस्तक्षेपलाइ प्रोत्साहन जस्ता गततिविधिले आजित भएका नेपाली जनताको जनयुद्वप्रतिको तिब्र आकर्षणले नेपाली जनयुद्वले छिट्टै उचाइ चुम्न सफल भयो । राजनैतिक सत्ताको जन्म बन्दूकको नालवाट हुन्छ भन्ने माओको भनाइलाइ आत्मसात गर्दै दिर्घकालीन जनयुको रणनीति अवलम्मन गर्दै जनसत्ता स्थापनामा अगाडि बढेको जनयुद्व करिव १० बर्षमा मुलुकमा समानान्तर सत्ताको सफल अभ्यास गर्दै ८० प्रतिशत भु(भाग कब्जा गर्न सफल भयो । यस क्रमममा घटेका प्राय सबै घटनाले ऐतिहासिक महत्व राख्छन । त्यसमध्यको पनि विशिष्ट घटना हो बेथान चौकी कब्जा जनयुद्वलाइ दिर्घकालिन दृष्टिले विकास गर्न फौजी आक्रमणलाइ तीब्र बनाउने पार्टीको लक्ष्य अनुसार विभिन्न कारबाहिहरू चलिरहेका थिए । यसक्रममा रामेछापको बेथानमा भएको प्रहरी चौकी आक्रमण राजनीतिक, फौजी प्राप्ति र बलिदानका दृष्टिले एेतिहासिक महत्वको रह्यो । तिर्थ गौतमको सहादत राजनीतिक र फौजी दुबै दृष्टिले विशेष अर्थ र सन्दर्भको बन्यो । यो उच्च किसिमको बलिदानीको उदाहरण थियो । प्रतिक्रियाबादीको केन्द्रिय सत्ता राजधानि नजिक रहेको स्थान, भिडन्त र प्रक्रियाको दृष्टिले पनि विशेष अर्थ राख्ने यस घटनाको चर्चा र संश्लेषण बिशेष रूपमा भयो । यसले जनयुद्वको महत्वलाइ प्रचार गर्न, त्यसमा पनि पूर्वमा जनयुद्वको विस्तार गरी राजनीतिलाइ स्थापित गर्न बिशेष भूमिका खेल्यो ।
०५२ फागुन १ गते जनयुद्धको सुरुवात भए पनि त्यस दिन देखि बेथान चौकी कब्जा २०५३ पौष १९ भन्दा अघिल्लो दिन करिब ११ महिनासम्म नेकपा ९माओवादी०ले कुनै पनि सशस्त्र प्रहरी चौकी र हतियार कब्जा गर्न सकेको थिएन। फागुन १ गते तीनवटा चौकी कब्जा भए पनि हतियार कब्जा भएको थिएन । यस्तो परिस्थितिले गर्दा अब जनयुद्ध समाप्त भयो भनेर हल्ला गर्नेहरू पनि बढ्न थालेको स्थिति थियो । आन्तरिक रूपमा पनि यस्तो स्थितिले निराशा र पलायनका सङ्केतहरू जन्माइरहेको थियो । यस्तो सङ्कटको घडीमा यानप्रसाद गौतम ‘आलोक’को योजनामा बेथानमा रहेको प्रहरी चौकीमाथि ०५३ पुस १९ गते सफल आक्रमण भयो । यो नै जनयुद्धको पहिलो पूर्ण सफल कारबाही थियो ।
यस आक्रमणमा छापामारहरूतर्फ तीर्थ गौतम, दिलमाया योञ्जन, फत्तबहादुर इस्माली शहीद भए । चौकीमा भएका सबै हतियारहरू कब्जा भयो । यसले जनयुद्धको विकासलाइ तीव्र गति प्रदान गर्यो । जनयुद्ध समाप्त भयो भन्ने हल्ला र प्रचारलाई जवाफ दियो । जनयुद्धका नेता र कार्यकर्ता तथा समर्थकलाई ठूलो उत्साह प्रदान गर्यो । योद्धाहरूको छापामार युद्धकलाको विकासलाई स्पष्ट बनायो। यस घटनाको प्रभाव सत्ता पक्षमा नकारात्मक रूपले पर्नु स्वाभाविक थियो । सत्ता पक्षले जनयुद्ध समाप्त भयो, जनयुद्ध दबाइयो आदि भनेर आफूलाई र आफ्नो पङ्क्तिलाई अलि बढी नै विश्वस्त बनाएको स्थितिले गर्दा यो आक्रमणले धेरै ठूलो मनोवैज्ञानिक प्रहार गर्यो । देशभर पुनः एकपटक फेरि लाल आतङ्क छायो । रामेछापको बेथानमा भएको त्यो लडाई पछि बल्ल देशैभरि प्रहरी चौकीमा आक्रमण सुरू भएका थिए । यस दिनलाई औपचारिक रुपमा ‘वीरता दिवस’ भनेर पार्टीले निर्णय नै गर्यो ।
त्यो लडाईंको राजनीतिक कमिशार यानप्रसाद गौतम ‘आलोक’ थिए भने कमाण्डर तीर्थ गौतम थिए । यस कारबाहीमा शहीद भएका तीर्थ गौतम निम्नमध्यम किसान परिवारमा जन्मेका थिए। उनी आलोकभन्दा पनि अगाडि पार्टी सदस्य भइसकेका थिए र उनले नै आलोकलाई पार्टी सदस्यताको सिफारिस गरेको कुरा जानाकारहरू वताउने गर्छन ।
नेपालको क्रान्तिकारी बर्ग संघर्षको इतिहासमा रामेछाप जिल्लाले आफुलाइ राणा शासन, पञ्चायती ब्यवस्था लगाएतका सबै सामन्तवादी ब्यवस्थाका विरूद्व संघर्षशील भुमिको रुपमा स्थापित गर्दै आयो जसको निरन्तरताकै रुपमा तत्कालिन नेकपा९माओवादी०ले सञ्चालन गरेको जनयुद्धमा उक्त ऐतिहासिकताको पुष्टि हुन पुग्यो । माओवादी जनयुद्धको प्रारम्भबाटै रामेछापबाट युद्धको अग्रमोर्चामा हजारौ भुमिगत योद्धाहरु क्रियाशिल रहे । ती राजनैतिक योद्धाहरु भुमिगत भए पश्चात त्यस वरीपरीका स्थानीय दलालहरू प्रहरी को साहारामा जनदमनमा उत्रिए ।
तत्कालिन राज्यले बेथान, गुन्सी, लखनपुर र पिंखुरि गा।वि।स। लाइ निशाना बनाई प्रत्येक भुमिगत योद्धाका घर परीवार र नाता आफन्तलाइ दुःख दिने, धरपकड गर्ने, झुठा मुद्धाहरु दायर गरी दैनिक दुःख कष्ठ दिने हरकत हुन थाल्यो । यसरी धरकपड र दमन बढ्दै गएपछि जनआधारको रक्षा र विकासका लागी प्रतिरोध अनिवार्य बन्न पुग्यो । जनयुद्धको पहिलो चरणका कारबाहिहरुमा सफलता प्राप्त नभइ रहेको अवस्थामा दुष्मनको मनोवललाई कमजोर सावित गर्न एक सशक्त कारबाहिको आवश्यकता बन्न पुग्यो । उक्त अवसर तत्कालिन पूर्वाञ्चल ब्यूरोले रामेछापको वेथान गाविस स्थित पानीघाटमा रहेको प्रहरी चौकि आक्रमनको निशानामा पर्यो । यसरी २०५३ पौष १९ गते राति कमरेड तिर्थ गौतमको नेतृत्वमा चौकि माथि आक्रमण को योजना बन्यो ।
जनयुद्वको महान यात्रामा निस्किएका यात्रीहरूको चिन्ता क्रान्तिलाइ कसरी विजयी बनाउने भन्ने बारेमा नै थियो । यहि अभियानकै क्रममा पुर्वि कमाण्डको बैठक बस्यो । फौजि कारबाहिलाइ नै प्राथामिकता दिने निर्णय गर्यो । चौकीहरूको सर्भे गरियो । बेथान चौकी छनोटमा पर्यो ।
तत्कालीन समयमा निशस्त्र हातहरूले शसस्त्र प्रहरी चौकीको रेडको योजना बनाउनु एउटा ऐतिहासिक शाहस थियो । त्यहि शाहसिक कामको नेतृत्व गर्नुभयो कमरेड तिर्थ गौतमले । उहाले योजना मात्रै बनाउनु भएन, युद्व मोर्चामा फिल्डकै कमाण्ड गरेर जनयुद्दकै इतिहासमा पहिलो चोटी प्रहरी चौकी कब्जा गर्ने कमाण्डरको रूपमा आफुलाइ दर्ज गर्नुभयो । अन्तिम बिजयका लागि आफुलाइ आहुति पनि गर्नु भयो । अथक यात्रीहरू कयौ कठिनाइ र चुनौतिको सामना गर्न सक्ने क्षमता राख्छन । पुस महिनाको चिसो सिरेटो, त्यसमाथी युद्व आफै अनिश्चितताको क्षेत्र ,त्यँहा जो कोही पनि शहिद बन्न सक्ने कुरा सामान्य हो । मृत्युलाइ जितेर कि मृत्यु की सर्वहाराबर्गको मुक्ति भन्दै जनयुद्वमा होमिएको थियो, त्यो टिम ।
वि।सं १९५३ साल पौष महिनाको १९ गतेका दिन पुर्वमा भएका जनमुक्ति सेनाहरूले पहिलो पटक चौकी कब्जा गरेका थिए । बिरालोको चालमा हिडेर चौकी कब्जा गर्न गएका थिए, ती योद्दाहरू । जनताको सुरक्षामा खटिएका प्रहरीहरू जाँड रक्सीको तालमा रमाइरहेका थिए ।
जनताको मुक्तिको लागि जनयुद्वको महाअभियानमा करिव ३५ जनाको संख्यामा निस्किएका राता सिपाहीहरूले रातको १० नबज्दै चौकीलाइ चारै दिशाबाट घेरा हालिसकेका थिए । रातको १० बजे फायर सुरू भयो । भिषण भिडन्त सुरू भयो । जनयोद्वाहरूको घरेलु हतियारले प्रहरीका अत्याधुनिक हतियार थ्रि नट थ्रि राइफलको प्रतिकार गर्दै थिए । त्यो भयानक अवस्था र जटिल परिस्थितीमा जनमुक्ति सेनासंग साथमा भरूवा बन्दुक,खुकुरी र ग्रिनेटहरू मात्र थियो । के थाहा जनताको तागत अथाहा हुन्छ भनेर ती प्रहरीहरूलाई । जनताका सिपाहीहरू निरन्तर अगाडी बढ्दै गए । युद्दको यात्रा रोकिएन । अन्तत विजय तीनिहरूकै भयो जसले आफुलाइ बलिवेदीमा चढाउन तयार भए । युद्वको भयानकतालाइ त्यो दिनले स्मरण गरायो । त्यो महान अभियानमा कमाण्डर तिर्थ गौतमले सहादत प्राप्त गर्नुभयो । उहाको सहादतले पनि रोकिएन विजयको यात्रा । पुन जाइलागे योद्वाहरू । आफुलाइ वलिदान गरेर भएपनि पार्टीको योजना पुरा गर्नु थियो । इतिहासमा नयाँ कीर्तिमान कायम गर्नु थियो । तिर्थ गौतम पछि कमाण्डिङ गर्दा गर्दै फत्त बहादूर इस्माली र वीर छोरी दिलमाया बम्जनको पनि सहादत भयो ।
तीन तीन जना योद्वाहरूको वलिदानको पिडालाइ आक्रोसमा बदल्दै अन्तत चौकी कब्जा गरेरै छाडे योद्वाहरूले । जनयुद्वकै इतिहासमा प्रतिक्रियाबादीहरूको शशस्त्र किल्ला माथी विजय प्राप्त गरेको त्यो दिनलाइ हामी विरता दिवसको रूपमा सम्झने गर्दछौ । यो बर्गीय लडाँइमा नेपाली महिला हरूले इतिहासमै गर्न नसकेको बलिदान क। दिलमायाले गर्नुभयो । उहा जनयुद्वकै पहिलो महिला छापामार तथा पहिलो महिला सहिद हुनुहुन्छ । पुरूष प्रधान समाजमा तत्कालिन समयमा चुलो चौको र घरब्यबहारमा मात्र सिमित महिलाहरूको स्तरबाट माथि उठेर मुक्तिका लागि उहाले गरेको वलिदानको शब्दमा वर्णन गर्न सकिदैन । उच्च कमाण्डरका हिसाबले क। तिर्थ गौतमले गर्नुभएको वलिदान र जातिय मुक्ति आन्दोलनलाइ वर्गीय मुक्ति आन्दोलन संग जोड्दै भएको फत्त बहादूर इस्मालीको सहादत आफैमा ऐतिहासिक छ ।
उक्त आक्रमणवाट थ्री नट थ्री राइफल केही थान त्यसका गोलीहरू लगायत युद्ध सामग्रीहरू जनमुक्ति सेनाले कब्जामा लिन सफल भएको थियो । दुष्मनबाट लामो हतियार प्राप्त गर्न नसकिरहेको अवस्थालाई उक्त कारबाहिले अन्त्य गर्यो ।
यसरी उक्त कारबीहिमा प्राप्त हतियारले जनयुद्धको सैन्य निर्माणको चरणलाई गुणात्मक बिकासको आधार तय गर्यो । उक्त हतियारलाई विभिन्न कमाण्डमा बिभाजन गरि दुष्मनका चौकिहरु माथि थप सफल कारबाहिहरु हुदै गए । जन युद्धले नयाँ फौजि रणनिति र आक्रमणको विकास गर्दै सफलताको खुड्कीलो उक्लदै गयो ।उक्त कारबाहिमा दुई जना प्रहरीहरु मारिए भने केही घाइते भए ।
यसले जनता बिद्रोहमा उर्लिए पछि बन्दुकको बलमा टिकेको राज्यको बन्दुक नै असुरक्षित हुन्छ भने उक्त राज्यका शासकहरू कति दिन सुरक्षित होलान ? भन्ने प्रश्न शासकहरूको दिमागमा जबर्जस्त खडा गर्यो । जनयुद्धमा छापामार कारबाहिको अनुभव र महत्वलाई झनै पुष्टी गर्ने कार्यलाई उक्त मोर्चाले सफलता प्राप्त गर्यो ।आज यहि बलिदानको जगमा मुलुकबाट सदियौ देखिको सामन्तवादको अन्त्य भएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाले पुर्णता पाएको छ ।
उपेक्षित उत्पीडित बर्ग, क्षेत्र, समुदाय र लिंगको अधिकार नयाँ संबिधान मार्फत केही हदसम्म संस्थागत भएको छ । समाबेशि र समानुपातिक अधिकारको सुनिश्चीतता भएको छ । धर्मनिरपेक्षता कायम भएको छ । यो ऐतिहासिक परिवर्तन सम्भव हुनका लागि इतिहासका सबै क्रान्तिकारी आन्दोलनहरु विशेषगरी जनयुद्ध ,जनआन्दोलन, मधेस आन्दोलन, आदिबासि जनजाति आन्दोलनका महान् सहिदहरूको अतुलनिय योगदान रहेको छ । यो उनीहरूको रगतले लेखिएको संविधान हो । तिनै महान् सहिदको बलिदान नै संविधान निर्माणको प्रमुख आधार हो ।
केन्द्रिकृत सामन्ति राज्य ब्यवस्था माथि नेपाली जनताले गरेको विद्रोह आज परिवर्तनको आधार बन्न सफल भएको छ । नेपाल आज नँया युगमा प्रवेश गरेको छ । यसै सन्दर्भमा नेपाली जनताको मुक्तिको लागि बलिदान गर्ने सबै योद्वाहरूमा क्रान्तिकारी लालसलाम ।
(लेखक अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला संयोजक हुन)