सार्वजनिक विदा कटौती गर्ने सरकारको निर्णय,बर्षको कति दिन सार्वजनिक विदा ?
१४ चैत, काठमाडौं । सरकारले २०७५ सालको सार्वजनिक विदा कटौती गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले विदा कटौतीको निर्णय गरेको हो । यो निर्णयसँगै २०७५ सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।‘
सरकारले सम्बृद्धिको लक्ष्य लिएको छ र यसका लागि कार्यदिवस बढाउन जरुरी छ’ उनले भने ।
अब २०७५ सालमा सार्वजनिक विदा ८९ दिन हुनेछ । यसमा सबैका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि हुने विदा २२ दिनछ । २०७४ सालमा कुल १०४ सार्वजनिक विदा थियो । यो वर्ष पुरै विदा भएका १० वटालाई आंशिक बनाइएको छ भने १२ वटा विदा पूर्ण रुपमा कटौती भएको छ ।