पेट्रोल-डिजेलको मूल्य घट्यो, अब कति पुग्याे ?
३ असार, काठमाडौं । चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो ।
निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो ।
त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटेको छ । अब डिजेल र मटि्टतेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो ।
ग्यासको मूल्य भने यथावत राखिएको छ । यसअघि सरकारले लगातार तेल मूल्य बढाएपछि प्रतिपक्षी कांग्रेससहित सर्वसाधारणले त्यसको विरोध गरेका थिए ।
भारतीय आयल कर्पोरशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूलय घटाइएको कार्यकारी निर्देशक भट्टराईले बताए ।आईओसीले प्रत्येक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँछ । शनिबार आईओसीले मूल्य घटाएर सूची पठाएको थियो ।