रामेछाप जिल्लाको विकास गर्न भूमिका निर्वाह गर्छुः मिलन घिसिङ



१६ मंसिर, काठमाडौं ।
गैर सरकारी संस्था महासंघ नेपालको ९ औ महाधिवेशनबाट मिलन घिसिङ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । गैसस महासंघ एवं सामाजिक क्षेत्रमा क्रियाशिल युवा नेता घिसिङ रामेछाप जिल्लाको तर्फबाट पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।


नवनिर्वाचित केन्द्रीय सदस्य घिसिङले रामेछाप जिल्लाको विकास निर्माणको कार्यमा भूमिका निर्वाह गर्ने बताउनुभयो । निर्वाचित भएपछि रामेछाप न्युजलाई प्रतिक्रिया दिदै उहाँले भन्नुभयो,‘परिवर्तित सन्दर्भमा गैसस महासंघले सरकारसँग साझेदार गरेर देश निर्माणमा भूमिका निर्वाह गर्ने वातावरण सृजना गर्न लाग्नु पर्छ ।’ विकास निर्माण, समाजको रुपमान्तरण र सुशासनको लागि आफूले काम गर्ने बताउदै घिसिङले नागरिक समाजसँग हातेमालो गरेर सरकारको सहयोगीको रुपमा गैसस महासंघले काम गर्ने बताउनुभयो ।


स्थानीय निकायमा गैसस महासंघको भूमिकालाई थप प्रभावकारी बनाउने काममा लाग्ने बताउदै उहाँले रामेछापको आठ वटै स्थानीय तहमा थप दातृ निकाय र गैससको कार्यक्रम सञ्चालन गर्ने पहिलो कामको रुपमा लिएको बताउनुभयो । गैसस संस्थाहरुलाई ग्रामिण क्षेत्रमा गएर योगदान गर्न प्रेरित गरिनु पर्छ, उहाँले भन्नुभयो । निर्वाचित गराउन सहयोग गर्ने सबै सुशचिन्तकहरुप्रति केन्द्रीय सदस्य घिसिङले आभार व्यक्त गर्नुभयो । ६९९ मत खसेकोमा घिसिङले ५१८ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्