अपाङगता भएका महिलाहरु झन बढी हिंसामा



१८ मंसिर, रामेछाप ।देशव्यापी रुपमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला रामेछापका महिलाहरुले फरक क्षमता भएका महिलाहरु बढी हिसांमा परेको बताएका छन् । २७ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसमा मन्थली नगरपालिका–१ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका महिला अधिकारकर्मीहरुले यस्तो बताएका हुन् ।


”शारीरिक रुपमा अपाङ्गता भएका महिलाहरु धेरै छन् उनीहरु अन्य महिला भन्दा बढी हिसांमा परेका छन्, महिला अधिकारकर्मी जानुका फुइँयालले भनिन्,‘उनिहरु आफ्नै परिवारबाट बढी हिसांमा परेका छन्, कसैले देख्दैन ।’
मन्थली नगपालिका–१ की स्वास्थ्य स्वयमसेवीका समेत रहेकी फुइँयालले पाठेघर खसेर पीडित भएका महिलालाई छोडेर श्रीमानले दोस्रो विहे गर्ने तथा अन्य मानसिक यातना दिने गरेको समेत खुलासा गरिन । महिला अधिाकरकर्मीहरुले ती महिलाहरु पनि शारीरिक रुपमा अशक्त भइ काम गर्न नसक्ने भएकाले उनिहरुलाई राज्यले अपाङ्गता भएको परिभाषित गरी सेवा प्रदान गर्न माग गरेका छन् ।
त्यस्तै अपाङ्गता भएकै कारण आफूहरुलाई अन्य व्यक्तिले हेप्ने प्रबृति अझै पनि नहटेको दुःख व्यक्त गर्दै सरकारले आफूहरुलाई हेप्नेहरुलाई कार्वाही गर्न माग समेछ गरेका छन् ।


वडा नं. १ का वडा अध्यक्ष नारायाणदास श्रेष्ठले वडाभित्र फरक क्षमता भएका व्यक्तिलाई विशेष कार्यक्रमका साथ सहयोग गर्ने बताए । त्यस्तै अपाङ्ग सचेतन सेवा केन्द्रका अध्यक्ष बद्री नयाँघरेले फरक क्षमता भएका नागरिकको समस्यालाई बुझेर उनिहरुको जीवनस्तरलाई प्रत्यक्ष फाइदा पुग्ने गरी सरकारले कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको समन्वयमा मन्थली नगरपालिका–१ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्थलीमा रहेको मन्थली मावि र नागकन्या माविमा अध्यायनरत २१ जना अपाङ्गता भएका छात्र–छात्रालाई वडा कार्यालयले शैक्षिक सामाग्री वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्