भुकम्प पीडित विपन्न नागरिकको घर सरकारले बनाउछः ज्ञवाली



राजन महतारा क्षेत्री

१८ मंसिर, रामेछाप । राष्ट्रिय पुन निर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञावलीले अब निजि आवास पुन निर्माण समयमै सम्पन्न गर्न स्थानीय तहलाई जिम्मा दिइने बताउनुभयो । उहाँले गरिबीको कारण घर निर्माण गर्न नसकेको विपन्न नागरिकहरुको घर स्थानीय सरकारको सफारिस अनुसार सरकारले निर्माण गर्ने बताउनुभएको हो ।


भुकम्प गएको तीन वर्ष पुरा भइसक्दा नेपालमा ७८ प्रतिशत घरहरु बन्दै गरेको र बनेका ४३ प्रतिशत घरमा नागरिकहरु बसिसकेको उल्लेख बताउदै उहाँले गरिब विपन्न भूमिहीन र अशक्त भुकम्प प्रभावितको निर्माण हुन नसकेको घर घर स्थानिय सरकारको सिफारिसको आधारमा सरकारले बनाउन सहयोग गर्ने बताउनुभयो ।

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय गौरीशंकर माध्यमिक विद्यालय भवन हस्तान्तर कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत ज्ञावलीले भुकम्प प्रभावित जिल्लामा निजि आवास पुन निर्माणले तिव्रता लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्