‘छक्का पञ्जा’ को ट्रेलर सार्वजनिक
काठमाडाैं ।
हास्य दृष्यले भरिएको चलचित्रको ट्रेलरले प्रिमियर समारोहमा मात्रै होइन, युट्युबमा समेत प्रसंसा पाएको छ । मंगलबार बिहान प्रिमियर गरिएको प्रोमो बुधवार साँझसम्ममा १ लाख ६३ हजार पटक हेरिएको छ ।
दीपकराज गिरीको निर्माण तथा दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पञ्जा’ को ट्रेलरसँगै चलचित्रका दुई गीत पनि प्रदर्शन गरिएको थियो । चलचित्रका दुई मध्ये ‘पूर्व पश्चिम रेल…’ लोकप्रिय भैसकेको छ । करिव तीन मिनेट लामो ट्रेलरलाई हास्यप्रधान मात्र छैन, चलचित्रको विषयवस्तु वैदेशिक रोजगारीको पीडामा केन्द्रित छ भन्ने कुरालाई समेत उजागर गरेको छ ।
चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्नेबुढा’, बुद्धि तामाङ ‘हैट’, शिवहरी पौडेल, नम्रता लगायतले अभिनय गरेका छन् ।
यो चलचित्र भदौ २४ गते देशभर प्रदर्शन हुनेछ ।