रामेछापमा पहिरोमा परी घाइते ९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै



१ साउन, काठमाडौं ।
रामेछापमा को लिखु गाउँपालिकामा पहिरोमा परी घाइते भएका ९ जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते हुनेमा ५ पुरुष, ३ महिला र १ जना बालिका छन् । ५० वर्षीय कुमार खत्री, ४५ वर्षकी राधा खत्री, ४० वर्षीया सुन्तली खत्री, १९ वर्षीया भगवती खत्री, १४ वर्षीया लक्ष्मी खत्री, २ वर्षीय पुनिस खत्री, २९ वर्षीय झकबहादुर घर्ती, १९ वर्षका रुद्र गुरुङ र १७ वर्षीय विशाल थापाको ट्रमामा उपचार भइरहेको छ ।

लिखु पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । मृत्यु हुनेमा बालकुमारी खत्री र वासुदेव कार्की रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । बेपत्ता हुनेमा अशोक तामाङ, सुमन खत्री, मनिला तामाङ रहेको उनले जानकारी दिए । लिखु गाउँपालिका वटा–६ मा गएराति १२ बजे पहिरो गएको बताउदै रामेछापका प्रहरी प्रमुख कुमोध ढुङले खबर प्राप्त भएलगत्तै टोली परिचालन गरेर उद्दार गर्न सफल भएको बताए ।

घाइतेहरुको उद्दार गर्नको लागि नेपाली सेनाको हेलिकप्टर गएपनि ल्याण्ड गर्न नसकेपछि प्राइभेट हेलीकप्टर लगेर उद्धार गरी किर्नेटारमा ल्याई सेनाको ठूलो हेलिकप्टरमार्फत काठमाडौ ल्याइएको थियो । रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामुकमार श्रेष्ठले घाइेतहरुलाई भेट गरी उपचारमा कुनै पनि कमी हुन नदिने आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्