रामेछापवासीलाई सास्तीः सुनकोसीमा पुल निर्माणमा ढिलाइ



१२ भदौ, रामेछाप ।
रामेछाप–सिन्धुली जोडने सुनकोसी नदीस्थित खैरेनीघाटमा पक्की पुलमा ढिलाई हुँदा रामेछापवासीले सास्ती पाएका छन् । आठ बर्ष अघि सुरु भएको पक्की पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलाई गर्दा सबै भन्दा बढी सास्ती रामेछापवासीले पाएका हुन् ।

हिउदको सयमा अलि सहज भएपनि बर्षाको समयमा रोशी खोलाबाट आवत जावत गर्नुपर्ने कारण सर्वसाधारण जनता पहरोको जोखिमयुक्त बाटो हिडन बाँध्य छन् । रोसी खोलामा झोलुङ्गे पुल भएपनि आवत जावत गर्न पहरोको बाटोबाट कठिनाई हुने गरेको रामेछाप–३ हिलेदेवीको तस्बीर लामाले बताए ।

उनले भने,‘पक्की पुल नहुँदा रामेछापवासीले निकै सास्ती खेप्नु परेको छ, बर्षाको समयमा उपचार गर्न विरामै लैजान समेत समस्या छ ।’ सुनकोसी नदीमा समयमा नै पक्की पुल नबन्दा रामेछाप जिल्लाको खाँडादेवी, सुनापति र दोरम्बा पचास हजार भन्दा बढी जनताले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्