गृह जिल्ला रामेछापमा गृह राज्यमन्त्री श्रेष्ठलाई भव्य स्वागत
१७ भदौ, रामेछाप ।
गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत गरिएको छ । रामेछापको गेलुमा जन्मिएका गृहराज्यमन्त्री श्रेष्ठलाई रामेछापवासीहरुले गाउँमा भव्य स्वागत गरेका हुन् ।
मन्त्री भएपछि दोस्रो पटक शारदा माविको नवनिर्मित भवनको उदघाटन गर्न आएका श्रेष्ठलाई गाउँहरुले स्वागत गर्दै खुसीयाली मनाएका छन् ।