ढुक्क भएर मतदान गर्नुहोस,सुरक्षा व्यवस्था मजबुद्ध बनाइएको छःप्रजिअ लामिछाने
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दलहरुले चुनावी अभियान सम्पन्न गरेसँगै पहिलो चरणमा निर्वाचन हुने रामेछापमा विहिवार राती १२ बजेबाट मौन अवधि सुरु भएको छ । राजनीतिक दलहरु मौन अवधिमा आ–आफ्नो रणनीति निर्माणमा जुटेका छन् ।
रामेछापमा रहेको ९० मतदानस्थल र १९१ मतदान केन्द्रमा सुरक्षाकर्मीको साथै मतदान अधिृकत सहायक मतदान अधिकृत सहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिकसेका छन् । निर्वाचनको सुरक्षाको लागि जिल्ला सुरक्षा समितिले नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी २२ भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।
आवश्यकताको आधारमा थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी जिल्ला सुरक्षा समितिले गरेको छ । यसै बारेमा रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेसँग जिल्लामा निर्वाचनको लागि शान्ति सुरक्षाको अवस्था लगायतको विषयमा केन्द्रीत रहेर रामेछाप न्युजले गरेको कुराकानीः–
निर्वाचनको लागि जिल्लामा शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
–रामेछापमा एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । सुरक्षा व्यवस्था मजबुद्ध बनाइएको छ । मतदाताले ढुक्कले मतदान गर्ने व्यवस्था निर्माण गरेका छौं । मतदाताहरुलाई निर्धक्कसँग मतदान गर्न पाउने वातावरणको व्यवस्था हामीले गरेका छौं ।
९० मतदानस्थल र १९१ मतदान केन्द्रमा सुरक्षा व्यवस्था कसरी मिलाइएको छ ?
–निर्वाचनको लागि कर्मचारीसँगै सुरक्षाकर्मी परिचालन भइसकेका छन् । ९० मतदानस्थल र १९१ मतदान केन्द्रमा आवश्यकता अनुसार हामीले सुरक्षाकर्मी पठाएको छौ । त्यसको लागि सम्बन्धित मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीहरुले आवश्यक व्यवस्था मिलाइसकेका छन् ।
१४ वटा मतदानस्थललाई अति संवेदनशिल भनेर पहिचान गर्नुभएको छ नि होइन ?
जिल्ला सुरक्षा समितिले अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन तहमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरेका छौ । जिल्लामा हाल २२ भन्दा बढी सुरक्षाकर्मी परिचालन भइसकेको अवस्था छ । आवश्यकता अनुसार यो भन्दा बढी पनि सुरक्षाकर्मी हामी परिचालन गछौं । विगतको तथ्याङलाई आधार मानेर तीन तहमा वर्गीकरण गरिएको हो ।
रामेछापमा बुथ कब्जा गर्ने हल्ला पनि आएको छ नि ?
–यो कुनै सम्भावना छैन । यो हल्ला पूरै निराधार हो । ९० मतदानस्थल १९१ मतदान केन्द्रमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी मतपेटीको सुरक्षा गर्न सक्षम छन् । बुथ कब्जा हुने कुनै पनि सम्भावना छैन् ।
जिल्लामा राजनीतिक दलको भूमिका कस्तो पाउनु भएको छ ?
–शान्तिपूर्ण प्रतिस्पर्धामा राजनीतिक दलहरु रहेका छन् ।
बाम गठबन्धनले पूर्वनिर्धारित चुनावी सभा स्थानीय प्रशासन नदिएको भन्दै असन्तुष्टि जनाएको छ नि ?
–बेथानमा वातावरण फरक मोडमा थियो । हाम्रो सुक्ष्म अध्यायनको रिर्पोटको आधारमा बेथानवासीको शान्ति सुरक्षालाई ध्यानमा राखेर कार्यक्रमपूर्व नै निषेधित क्षेत्र घोषणा गरिएको हो । अहिले अवस्था सामान्यकरण भएको छ । कुनै शकांको दृष्टिकोणले हेर्नुपर्ने अवस्था छैन् ।
अन्तिममा मतदाता र रानजीतिक दलहरुलाई के भन्न चाहनुहुन्छ ?
–मतदाताहरुले आफूलाई इच्छा लागेको राजनीतिक दलका उम्मेदरहरुलाई मतदात गर्न पाउने हामीले पूर्ण ग्यारेन्टी सहित सुरक्षा व्यवस्था मिलाएका छौं । त्यसैगरी राजनीतिक दलहरुले पनि निर्वाचनलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न भूमिका निर्वाह गर्न सहयोग गरिदिन आग्रह गर्दछु ।