मतपेटिको सुरक्षा गर्न उम्मेदवार श्रेष्ठ खटिए



१८ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपेटिकाको सुरक्षा गर्न रामेछापमा सुरक्षाकर्मीसँगै बाम गठबन्धनका नेता कार्यकर्ताहरु पनि खटिएका छन् । मंंसिर ११ गते निरन्तर रुपमा रातदिन नभनी बाम गठबन्धनका नेता कार्यकर्ताहरु मतपेटिकाको सुरक्षाको लागि खटिएका छन् । आठ दिनदेखि २४ सै घण्टा मतपेटिकाको सुरक्षाको लागि सुरक्षाकर्मीसँगै बाम गठबन्धनका नेता कार्यकर्ताहरुले मतपेटिका राखेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुत्ने गरेका छन् ।

मतपेटिको सुरक्षाको लागि बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले पनि अवलोकन गरेका छन् । उम्ेमदवार श्रेष्ठले मतेपटिकोको अवस्थाको बारेमा जानकारी समेत लिएका छन् । मातपोत कार्यालयमा राखिएको मतपेटिकाको सुरक्षाको लागि अझै तीन दिन कुर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्