सांगीतिक आकाशमा चम्किदै अबिशेक तामाङ



रामेछाप जिल्ला सुनापति गाउँपालिका–३ मा जन्मिका गायक अवशेक तामाङ सांगीतिक क्षेत्रमा चम्किएका छन् । सानैदेखि गीत संगीतमा रुची राख्ने तामाङले गायन पेशालाई नै अहिले अगाडि बढाएका छन् ।
२०४४ सालमा रामेछापको साबिक हिलेदेवी गाविस–४ र हाल सुनापति गाउँपालिका–३मा जन्मिएका अविशेक तामाङ सानैदेखि विद्यालयमा हुने सांस्कृतिका कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्दै अहिले आफूलाई सफल गायकको रुपमा उभ्याएका छन् ।

 

२०५७ सालमा गीत संगीतको क्षेत्रमा भविष्य खोज्दै राजधानी प्रवेश गरेका तामाङले गुरुकुल म्युजिक स्कुल बागबजारमा (गुरुदेव कामत)बाट संगीत सिकेका थिए । २०६२ सालमा भ्वाइस टेस्ट गरेलगत्तै तामाङले दुई वटा गीत रेकर्ड गराएका थिए ।

तर सोचेजस्तो गीत चलेन, तामाङले भने,‘मैले लामो समयको अन्तरपछि २०७० मा लक्ष्य भन्ने एल्बम निकाले पाँच वडा गीत समावेश गरेको गीतको म्युजिक भिडियो पनि बन्यो, जसले मलाई चिनाउने काम गर्यो ।’ तामाङको मायालाई भेटन आउदैछु बसमा सरर‘, तिम्रो नामको यो दिलमा ट्याटु खोपेर‘
माया तिमीलाई गर्छु म धेरैधेरै सहित १२ वटा गीत रेकर्ड भएको छ । तामाङ भन्छन–लक्ष्य एल्बमले चिनायो अझ बढी ‘माया तिमीलाई भन्ने गीतले चिनाउछ ।’


गायक तामाङले हास्दैमा मैच्याङ गीतबाट वएस नेपाल म्युजिक अवार्ड पनि जित्न सफल भएका छन् । गायक तामाङको ‘माया तिमीलाई–२ गीतले पनि राम्रो बजार लिएको छ ।गायक तामाङको ‘माया तिमीलाई–२ गीतले पनि राम्रो बजार लिएको छ । उनी भन्छन–पहिलो पटक तामाङ भाषाको गीत ल्याउने तयारीमा छु ।

गीत संगीतमा लागेर नै बाँच्न सकिने अवस्था रहेको उनी बताउछन् । गीतबाट भन्दा पनि अहिले स्टेज कार्यक्रम र युट्वबाट कमाइ हुने गरेको बताउदै तामाले नयाँ पुस्तालाई सकेसम्म संगीतलाई बुझेर सिकेर मात्र प्रवेश गर्न आग्रह गरे । महोत्सव मेला सभा समारोहमा गीत संगीतको राम्रो सम्भावना छ, गायक तामाङले भने ।

प्रतिक्रिया दिनुहोस्