यसरी चुनिनेछन् राष्ट्रियसभाका सदस्य (सूचीसहित)



७ माघ, काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको नाम सार्वजनिक गरेको छ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सांसदको शपथपछि प्रदेश सरकार निर्माणदेखि राष्ट्रियसभा सदस्य निर्वाचन गर्न समेत सहज भएसँगै आयोगले नाम सार्वजनिक गरेको हो । दलहरु अव प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा एकै साथ लागेका छन् ।
सरकारले माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचनका मिति तोकेको छ । त्यहीँ अनुसार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रदेश सांसदको मतभार ४८ र स्थानीय निकाय प्रमुख र उपप्रमुखको १८ हुनेछ । यहीँ मतभारका आधारमा हरेक प्रदेशबाट ८ जना सदस्य राष्ट्रियसभाका लागि चुनिनेछन् ।राष्ट्रियसभामा ५६ सांसद निर्वाचित हुने छन् । अरु निर्वाचनजस्तो आममतदता यो निर्वाचनका हुने छैनन् ।माघ १० गते राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ताको दिन तोकिएको छ ।

चुनावका लागि हरेक प्रदेशको उच्चअदालत रहेको स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यलय तोकिएको छ ।जसमा बाम गठबन्धनले आफ्नो मतदाता अनुसार ४२ सिट जित्ने आँकलन गरेको छ, त्यहीँ अनुसार उसले उम्मेदवारी दिने तयारी गरेको छ । १४ सिटमा बामगठबन्धनका उम्मेदवार हुने छैनन्, जहाँ कांग्रेसलगायतको गठबन्धनले जित्ने सम्भावना छ ।आइतबारमात्रै प्रदेशसभाका प्रत्यक्षतर्फ निर्वाचित ३३० र समानुपातिक तर्फका २२० मध्ये अधिकांशले शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्