लिखु–४ जलविद्युत आयोजना निर्माण गर्न रामेछापवासीको माग
२५ फागुन, रामेछाप ।
लिखु–४ जलविद्युत आयोजना निर्माणको लागि ग्रिन भेन्चर्स प्रालिले मुराटोरी एण्ड सिमेष्टिष्टी सिएमसिडी रमेतासँग एकतर्फ रुपमा सम्झौता रद्द गरेपछि आयोजना निर्माण हुने नहुने अन्यौलता देखिएको छ । तर रामेछापवासीले समयमा नै लिखु–४ जलविद्युत आयोजना निर्माण गर्न माग गरेका छन् ।
केही व्यक्तिहरुको स्वार्थको कारण लिखु–४ जलविद्युत आयोजना प्रभावित हुन नहुने बताउदै रामेछाप र ओखलढुंगा जिल्लाका प्रभावित क्षेत्रका बासिन्दाहरुले आफूहरुले आयोजनालाई सम्पन्न गर्न साथ र सहयोग गर्न तयार रहेको बताएका हुन् । ग्रिन भेन्चर्स प्रालिले विना कारण सम्झौता तोडेपछि स्थानीयबासिन्दाले स्थानीय तहबाट कुनै पनि अवरोध नभएको बताउदै तत्काल ठेक्का रद्द गर्नुको कारण र काम सुरु गर्नुपर्ने माग गरेका छन् । २०७४ साल मंसिर ८ गते ग्रिन भेन्सर्च र सिएमसिटीबीच सम्झौता भएको थियो । तर ग्रिन भेन्चर्सले फागुन २१ गते विना कुनै कारण, पूर्व सूचना विना नै एकतर्फी रुपमा ठेक्का सम्झौता रद्द भएको सूचना प्रकाशित गरेको थियो ।
१२ बर्ष अघिबाट निर्माण सुरु हुने चर्चा चलेको लिखु–४ जलविद्युत आयोजना निर्माण कार्य सुरु भएको ३ महिनाको अवधिमा नै ठेक्का सम्झौता तोडिएपनि अब के हुने हो भन्ने अन्यौलता र आशकां बढेको छ । रामेछाप र ओखलढुंगाको सीमाना लिखु खोलामा आयोजना निर्माणको लागि ठूला साना गरी २७ वटा एक्साभेटर, डाजेर, ट्रिपर प्रयोग भइरहेको छ । हाल दैनिक रुपमा एक सय जना भन्दा बढीले स्थानीयस्तरमा रोजगारी समेत पाएका थिए । गाउँमा विद्युत आयोजना बन्ने र रोजगारी पाइयो भनेर खुसी भएका प्रभावित क्षेत्रका बासिन्दाहरु ठेक्का सम्झौता रद्द भएसँग निराश भएका छन् । निर्माणको लागि भएको ठेक्का सम्झौता हुँदा प्रभावित क्षेत्रका बासिन्दासँगै राज्यलाई समेत घाटा हुने भएको छ ।
सुरुमा ग्रिन भेन्चर्स प्रालिले आयोजना सुरु गर्न ढिलाई गर्नु र अहिले आएर जिम्मेवारीबाट पन्छिने गरी ठेक्का सम्झौता रद्ध गर्नुले कतै आयोजना निर्माण नगर्ने नियत त होइन भन्ने आशका पनि जन्माएको छ ।
अन्तर्राष्ट्रियस्तरको कम्पनी के कति कारणले सम्झौता उल्घंन भएको हो त्यसको बारेमा सम्झौता उल्लघंन भएको १५ दिनभित्र सथनीय जनप्रतिनिधि सरोकारुवाला निकायहरुबाट जान्ने तीब्र चाहना बढेको छ । ग्रिन भेन्सर्च प्रालिले तत्काल आयोजनस्थलमा आएर सामुहिक कार्यक्रम राखेर तत्काल आयोजना सञ्चालन गर्नुपर्ने माग स्थानीयले राखेका छन्