नयाँ आइजीमा सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल
२७ चैत,काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल प्रहरीको आइजीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलको आइजीमा शैलेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आइजीबारे निर्णय लिन मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा बोलाइएको थियो । साँझ ७ बजे बसेको बैठकले खनालद्वयलाई नयाँ आइजीमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच कुरा मिलेपछि मन्त्रिपरिषदको बैठक डाकिएको थियो । नियुक्त भएका दुवै आइजी संगठनमा सबैभन्दा बरिष्ठ थिए । सरकारले बरिष्ठताका आधारमा नयाँ आइजी नियुक्त गरेको हो