मार्मिक पत्र लेख्दै वेपत्ता भए उमाकुण्ड गाउँपालिका –५ का वडा अध्यक्ष खत्री
२५ वैशाख, रामेछाप ।
मार्मिक पत्र टायरीमाा लेख्दै रामेछापको उमाकुण्ड गाउँपालिका–५का वडा अध्यक्ष कुवेरबहादुर खत्री मंगलबार विहान देखि वेपत्ता भएका छन् ।मंगलबार बिहानै गाउँपालिकामा ‘कार्यपालिकाको बैठकमा ११ बजे नै पुग्नु पर्ने छ’ भन्दै बिहान ७ बजे नै घरबाट हिँडेका केसी दिउँसोसम्म पनि बैठकमा नआएपछि सोधखोज सुरु भएको थियो । गाउँपालिकाका अध्यक्ष सहितले मोबाइलमा सम्पर्क गर्दा पनि फोन नउठेपछि घरमा सम्पर्क गरिएको थियो । तर परिवारले बिहान नै बैठकमा हिडेको भनेपछि खोजी कार्य सुरु भएको थियो । उनको खोजी गर्ने क्रममा उमाकुण्ड गाउँपालिका वडा नम्बर –५, लिखु नदी किनार रोडमा वडाध्यक्ष केसीले चलाएको मोटरसाइकल, लगाएको ज्याकेट, चप्पल, घडी, नोट डायरीलगायतका सामग्री भेटिएकोे प्रहरीले जनाएको छ ।
नदी किनारमा फेला परेको अध्यक्ष केसीको डायरीमा ‘जिन्दगी यस्तै रहेछ, जनताले अध्यक्षले केही गरेन मात्रै भन्छन्, अझै अध्यक्षले गर्नुपर्ने काम धेरै नै बाँकी रहेको छ । बाँकी रहेका अधुरा कामहरु सबै क्रमशः पूरा गरिदिनु’ लेखिएकोे डायरी भेनिएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार बताए ।
अध्यक्ष सुनुवारले भने,‘हामी त बैठकमा आउनुहुन्छ भनेर कुरेर बसेका थियौ, अबेरसम्म पनि नआएपछि उहाँको मोबाइलमा फोन गर्दा उठने, घरमा फोन गर्दा बिहानै हिडेको हो भनेपछि हामीले खोजी कार्य अगाडि बढाउने क्रममा डायरी भेटियो ।’
अध्यक्ष सुनुवारले दिउँसोदेखि नै स्थानीय जनप्रतिनिधिहरु, प्रहरी, स्थानियलगायतको सक्रियतामा वडाध्यक्ष केसीको खोजी कार्य भइरहेको जानकारी दिए । दिनभर खोजी कार्य गरेपनि पत्ता लाग्न नसकेको अध्यक्ष सुनुवारले बताए ।