विदेशबाट फर्किएका रामेछापका युवाको सफलताको कथाः गाई पालनबाटै मासिक डेढ लाख कमाई
रामचन्द्र वि.क.
सीप र जाँगर भएको मान्छेलाई काम र पैसाको कुनै खाँचो हुँदैन् । काम गर्ने इच्छा शक्ति भए पैसा कमाउन भौतारिनु पनि पर्दैन । मनमा दृढ इच्छा शक्ति र काम गर्ने जाँगर भए विदेशमा होइन नेपालमा नै मनग्य आम्दानी गर्न सकिन्छ । स्वदेशमा केही पनि भएन भनेर भौतिरिने युवाहरुको जमात निकै ठूलो छ । तर देशभित्रै बसेर काम गर्न सके राम्रो आम्दानी पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन लिखु तामाकोशी गाउँपालका–६ खिम्तीका मेहनती युवा विदुर दाहाल ।
सवारी चालकको अनुभव, १४ दिन प्रहरीको खोरमा
दाहाल अहिले उमेरले ३७ वर्षका भएका छन् । तर उनले जीवनमा धेरै कुराको अनुभव बटुलिसकेका छन् । १७ वर्षको उमेर देखि नै दाहाल मोटरसाइकाल चलाउँथे । उनलाई मोटरसाइकल मात्र होइन बस चलाएर पैसा कमाउने सोच मनमा जाग्यो ।
२०६३ सालमा आफ्नै लगानीमा मिनी बस किनेर तामाकोशी–चरिकोट सडक हुँदै मन्थलीदेखि काठमाडौसम्म बस चलाउँन थाले । उनको दैनिकी काठमाडौ–मन्थली यात्रु ल्याउने र लाने मै बित्न थाल्यो । दाहालले जे सोचेर मिनिबस लिएका थिए त्यसबाट सन्तुष्टि नै थिए । तर एक दिन ठूलो बज्रपात आइलाग्यो बस र्दुघटना भयो । बस दुर्घटना हुँदा एक जना यात्रुको ज्यान नै गयो । दुर्घटनाको कारण उनलाई १४ दिन प्रहरीको खोरमा नै पु¥यायो । त्यसले उनलाई केही समय तनाब मात्रै हैन, गाडी नै चलाउने पेशा परिवर्तन गर्ने सोच पलायो । तर हातमा अर्को सीप नभएकाले पुनः गाडी चलाउने पेशालाई नै निरन्तरता दिए । बस दुर्घटना भएपछि भने आफ्नो गाडी नचलाएर आफन्तको गाडी चलाए । तर एक्कासी मनमा विदेश जाने इच्छा जाग्यो
बिदेशको यात्र, पैसाकै लागि ३ वर्षमा ६ देश
२०६५ सालमा काठमाडौको बिजुलीबजारमा रहेको एक म्यानपावार मार्फत १ लाख ५० हजार बुझाएर दाहाल साउदीको सुलेइहेम अलहजारी कम्पनीमा टेलर चलाउँने काममा साउदी पुगे । त्यहाँ नेपालमा म्यानपावारले भनेको अनुसार नै काम गरे । ६ महिनापछि बिदेशमा टेलर चलाउँने लाइसेन्स लिए । तर उनले १७ महिनसम्म काम गरे पनि ९ महिनाको तलब नै पाएनन् । पैसा नदिएपछि उक्त कम्पनी छोडेर निधो गरे । कतारमा नै एक नेनालीले उनलाई पुनः टेलर चलाउँने अर्को कम्पनीमा काममा लगाइदिए ।
टेलरबाट उनले मासिक ५० हजारको हारहारीमा बचत गर्न पनि सफल भए । साउदीमा टेलर चलाउँदा ६ ओटा देशमा पुगेको अनुभब सुनाउँदै दाहालले भन्छन,‘टान्सर्पोटको काम प¥यो, साउदीबाट कतार, कुवेत, जोर्डन, इराक र दुबै गरी ६ ओटा मूलुकसम्म पुग्ने मौका पाएँ तर राती घरभित्र निदाउँन पाइएन, गाडीमै खुल्ला आकाश मुनी सुत्नु पथ्र्यो ।’ विदेशमा केही पैसा कमाए पनि मन खुसी हुन सकिरहेको नमिठो याद उनले बटुलेका थिए । साहुको हेपाह व्यवहार, अनावश्यक दबाबको कारण विदेश भन्दा आफ्नै गाउँठाउँमा नै केही गर्ने जोस जाँगर बोकेर दाहाल स्वदेश नै फर्किए ।
८ महिने बैंकको जागिर
बिदेशबाट फर्किसके पछि फेरी बिदुरले सदरमुकाम मन्थलीमा रहेको एनएमबी बैंकमा ८ महिना जागिर पनि खाए । तर जागिरबाट आएको पैसाले उनलाई नपुग्ने छाँट देखेपछि गाई गोठालो बन्ने योजना बनाए ।
गाईको दुधले बिरामीको वात
विदुरको घरमा एउटा गाई थियो जुन गाईले बिहान बेलुका गरी २० लिटर दुध दिन्थ्यो । तर २० लिटर दुध घरमा खाइनसकेपछि बाँकी रहेको दुध गाउँमै विक्री गर्ने योजना बनाएर खिम्तीको घरघरमा बिहानै दुध लिएर विक्री गर्न उनी निस्किन थाले । त्यति बेलाको समयमा खिम्तीमा प्रायः सबैको घरमा भैँसी पालेको हुँदा सजिलै दुध बिक्री भएन । केहीले दुध किनीहाले पनि पछि मुटुमै बिज्ने गरी बचन लगाउने गरेको तितो अनुभब सुनाउँदै दाहालले भने,‘बिहानै एक÷दुई लिटर दुध किनिदिन्थे तर बेलुका तेरो गाईको दुधले म बिरामी भएँ अस्पताल लगिदे भन्दै घरमै आउँथे ।’ त्यसपछि त्यही कुराले एउटा मात्र होइन धेरै गाई पालेर व्यबसायिक रुपमै गाई पालन सुरु गरे । अहिले व्यवसायिक किसान बन्न सफल भएको अनुभवन सुनाउदै उनी भन्छन,‘आहिले दुध बेचेरै मनग्य आम्दानी गर्न थालेको छु, यसैबाट म मात्रै हैन खिम्तीका धेरै किसानले राम्रै आम्दानी लिइरहेका छन् ।’
मासिक १ लाख ५० हजार कमाई
घरमा भएको एउटा गाईबाट गाईपालन सुरु गरेका विदुरको गोठमा यतिबेला १० ओटा गाई छन् । ती गाईले दैनिक दुई सय लिटर दुध दिन्छन् । सुरुमा उनलाई जति दुध विक्री गर्न समस्या नै भयो । तर अहिले त्यो समस्या पनि छैन् । उनले खिम्तीमा सबै दुध विक्री नभएपछि सरमुकाम मन्थलीमा रहेको चिरिञ्जीवी डेरीमा आएर सबै दुध दिने सहमती गरेपछि ढुक्क भएका छन् ।
गाउँमा उत्पादन हुने दुध पनि सबै आफु नै संकलन गर्ने र डेरीमा ल्याउने सहमती गरेर काम गरेर काम गरिरहेका छन् । कहिले सार्वजनिक बस त कहिले मोटरसाइलकमा दुध ल्याउदा फाटने समस्याले केही समय तनाब पनि झेले । उनले सोचे आफ्नै हातमा सीप भएको कारण सीपको सदुपयोग गर्दै दुध ढुवानी गर्न गाडी नै खरिद गरेका छन् । जाल्पादेवी गाई फर्म दर्ता गरेर नै व्यवसायिक गाई पालन गरिरहेका उनले फर्मकै नामबाट गाडी समेत खरिद गरेका छन् ।
बिदुरले अहिले गाईको दुध विक्रीबाट मात्रै मासिक १ लाख ५० हजार आम्दानी लिन थालेको बताउदै भन्छन,‘गाई पालनबाट राम्रो आम्दानी गर्न सफल भएको छु गाडीबाट पनि छुट्टै आम्दानी हुन्छ ।’
स्वदेशमा केही पनि गर्न सकिएन भन्दै भौतारिने युवाको संख्या ठूलो छ । विदेश गएपछि बोटमै पैसा टिप्न पाइने गलत मान्यता र मानसिकता पनि छ । तर मनमा इच्छा शक्ति र जाँगर हुने हो भने विदेशमा भन्दा स्वदेशमा नै दोब्बर आम्दानी गर्न सकिने दाहालको अनुभव छ । उनी भन्छन,‘धेरै कमाउने, सुखसँग कमाउने र आनन्दसँग रमाउने हो भने विदेशमा पसिना बगाउने हैन् स्वदेशमा मेहनत गर्नु पर्छ ।’
२०७० सालमा युवा स्वरोजगारको सहुलियत ब्याज दरको २ लाख र आफूसँग भएको ३ लाख गरी ५ लाखबाट गाई पालन व्यवसाय सुरु गरेको बताउदै दाहालले अहिले आफ्नो तीस लाख बराबरको सम्पत्ति भएको बताए । गाई पालनबाट राम्रो आम्दानी गर्न सफल भएपछि उनले अझै गाई थप्ने योजना पनि बनाएका छन् । विदेश जाने युवालाई उनको सुझाव छ,‘मेहनत गर्ने हो भने परिवारसँगै बसेर गाउँघरमा नै सुन फलाउन सकिन्छ, विदेशमा गर्ने दुःख स्वदेशमा नै गर्ने आँट गरौ, केही बर्ष दुःख होला तर भविष्यमा आफनै कामको फाइदाले बुढेसकालमा पेन्सन आउछ ।’