पार्टीभित्र गुट मौलायोः नेता सिंह
२४ मंसिर, रामेछाप ।
नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधान बिपरीत चलेकाले गुट मौलाएको बताएका छन् । सोमबार रामेछापमा पार्टी कार्यकर्ता भेटघाटको क्रममा नेता सिंहले विभिन्न राजनीतिक मुद्धामा विधानलाई बेवास्त गरेर अघि बढेको कारण पार्टीमा विभिन्न गुट–उपगुट मौलाउँदै गएको बताएका हुन् ।
जुनसुकै काम गर्ने बेला पनि विधान छ भन्ने कुरा कसैले पनि नसम्झिदाँ पार्टीले अहिले ठूलो दुर्घटना बेहोर्नु परेको उनले बताए ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले सबैको कमी कमजोरीको कारण गएको निर्वचानमा कांग्रसलाई इतिहासमै ठूलो घाटा लागेको बताए । लोकतान्त्रिक पार्टीमा कसैको कुरा नसुनिकन एकलौटी ढङ्गाले अगाडी बढ्दै जाने हो भने काग्रेसलाई यो भन्दा ठूलो क्षेती पुग्ने समेत सिंहले बताए ।
नेपाल लोकान्त्रिक खेलकुद संघले आयोजना मंगलबार देखि रामेछापमा गर्न लागेको दोस्रो गणेशमान सिंह स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगितमा सहभागी हुन नेता सिंह सोबार नै रामेछाप आएका हुन् ।