रामेछापको ७ सामुदायिक क्याम्पसलाई प्रदेश सरकारकाे अनुदान



२७ मंसिर, हेटौँडा । देश नं ३ को सामाजिक विकास मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा प्रदेशका १३ वटा जिल्लाका १०३ वटा क्याम्पसलाई २२ करोड पाँच लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले एउटा कलेजलाई १५ लाखदेखि एक करोडसम्म बजेट विनियोजन गरेको हो ।
सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशको १६४ वटा सामुदायिक क्याम्पसमध्ये पहिलो चरणमा १०३ क्याम्पसका लागि २२ करोड पाँच लाख बजेट विनियोजन गरेको बताउनुभयो ।

यसरी विनियोजन गरिएको रकम काठमाडौँका १४, काभ्रेपलाञ्चोकको १३, सिन्धुपाल्चोकको १२, सिन्धुलीको १०, चितवनका नौ, धादिङको आठ, ललितपुरको आठ, रामेछापका सात, मकवानपुरको छ, नुवाकोटको छ, दोलखाको पाँच, भक्तपुरको चार र रसुवाको एक क्याम्पसले प्राप्त गर्नेछन् ।

मन्त्रालयका अनुसार कूल २८ करोड बजेट विनियोजन गरेकामा तत्काल आवश्यकताअनुसार २२ करोड पाँच लाख आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्