१ करोड १० लाख लगानीमा बन्यो खाँडादेवी गाउँपालिकाको कार्यालय



२८ मंसिर, रामेछाप ।
खाँडादेवी गाउँपालिकाको कार्यालय निर्माण भएको छ । गाउँपालिकाले १ करोड १० लगानीमा आफ्नै भवन निर्माण गरेको हो । स्थानीयवासीले निशुल्क रुपमा जग्गा प्रदान गरेपछि १२ कोठाको प्रिफ्याक भवन निर्माण गरेको छ । गाउँपालिकाले १ करोड ५२ लाखमा ठेक्का आह्वान गरेको थियो । तर निर्माण गर्ने ठेकेदार कम्पनीले घटाघटमा १ करोड १० लाखमा ठेक्का हालेको थियो । गाउँपालिकाे केन्द्र माकादुममा नयाँ भवन निमाण भएपछि सेवा प्रवाह गन सहज भएकाे छ ।


खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकाको लगानीमा आफ्नै भवन निर्माण भएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाभित्र रहने कार्यालयहरुलाई एकीकृत रुपमा राख्ने गरी भवन निर्माण गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्