गोकुलगंगा गाउँपालिकामा विपद् व्यवस्थापन गर्न विशेष कार्यक्रम
९ पुस,रामेछाप । रामेछापका प्रदेश सभा क्षेत्र नम्बर १ का सांसद शान्ति पाैडेलले विपद जोखिम न्यूनिकरणको लागि स्थानीय तह सक्रिय हुनुपर्ने बताउनुभएको छ । उहाँले रामेछाप जिल्ला विपद्धको हिसाबले जोखिमपुर्ण भएकाले अति जोखिम ठाउँको पहिचान गरी न्यूनिकरणको लागि स्थानीय तहले महत्वपूण भूमिका निर्वहाह गर्नुपर्ने बताउनुभएको हो ।
सोमबार गोकुलगंगा गाउँपालिकाको वडा ६ फर्पुमा सामुदायिक विकास समाज मार्फत संचालित एक कार्यक्रमलाई सम्बोधकन गर्दै सांसद पौडेलले जिल्लामा क्रियाशिल गैरसरकारी संघसंस्थालाई पनि विपद जोखिम न्यूनिकरणमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सम्मन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले रामेछाप जिल्लालाई विपद्ध जोखिमबाट जोगाउनको लागि स्थानीय तहलाई विपद जोखिममा प्रयाप्त मात्रमा बजेट छुट्टयाएर कार्यक्रम गर्न आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादु सुनुवारले आफ्नो गाउँपालिकाका केही वडाहरु जोखिमयुक्त भएकोले त्यसको न्यूनिकरणको लागि पालिकाबाट आगामी दिनमा विशेष कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
सामुदायिक विकास मन्थलीले स्मालिक रिलिफ जर्मनीको आर्थिक सहयोग र स्मालिक रिलिफ नेपालको प्राविधिक सहयोगमा विद्यालय तथा समुदायमा आधारित विपद उत्थानशिलता परियोजना गोकुलगंगा गाउँपालिकामा विगत एक वर्षदेखि संचालनमा ल्याएको थियो ।