रामेछापमा भूकम्पको काम अब स्थानीय तहबाट गर्ने ९ बुँदे समझदारी
रामचन्द्र वि.क.
१३ पुस, रामेछाप । भुकम्पबाट अति प्रभावित रामेछाप जिल्लाभित्र पुननिर्माणको कामलाई थप प्रभावकारी बनाउन राष्ट्रिय पुननिर्माण प्राधिकरण र आठ स्थानीय तहबीच समाझदारी भएको छ । पुनर्निर्माणको कामलाई चाँडो भन्दा चाँडो सक्नको लागि प्राधिकरण र स्थानीय तहबीच ९ बुँदे समाझदारीपत्रमा हस्तक्षर भएको हो ।
समझदारी पत्रमा नपरेका बुँदाहरु आवश्यकता अनुसार दुवै पक्षको आपसी समझदारीमा संशोधन तथा परिमार्जन कामलाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी शुक्रबार समाझदारी भएको छ । गाउँपालिका र नगरपालिकाको प्रमुख सहितको बैठकपछि सङ्घीय सांसद श्याम कुमार श्रेष्ठले दुईपक्षबीच भएको समझदारीपत्रलाई हस्तान्तरण गरेका हुन् ।
समाझदारी अनुसार अब स्थानीय तहले प्राधिकरणले स्थानीय तहमा खटाएका प्राविधिक जनशक्तिलाई पुननिर्माणको काममा खटाउने हाजिरी राख्ने लगायतका प्रशासनिक कार्यमा जिम्मेवारी दिन सक्नेछ ।
पालिका प्रमुखको अध्यक्षतामा ९ सदस्यीय सहजीकरण समिती हुने र त्यही समितिले विभिन्न कारणले लाभग्राहीमा नपरेका भूकम्प पीडितलाई कारणसहित नीजि आवसको लागि स्थानीय तहले प्राधिकरणलाई सिफारिस गर्न सक्ने छ ।
प्राथमिकताका आधारमा निजी आवास, विद्यालय भवन, स्वास्थ्य केन्द्र र धार्मिक सम्पदाहरू पुनर्निर्माण गर्न स्थानीय तहलाई बाटो खेलेको छ । रामेछापमा हाल सम्म ६१ प्रतिशत भूकम्प पीडितहरुले भूकम्प प्रतिरोधी निजी आवसको काम सकेका छन् ।
यस्ताे छ सहमतिः