रामेछापमा तीब्र गतिमा टयाक्टर हुइँकन थालेपछि ट्राफिक प्रहरीको  ‘एक्सन’



१३ पुस, राामेछाप ।
रामेछाप जिल्लाको ग्रामिण क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सक्रियता देखाएको छ । केही समयता दुर्घटना न्युनिकरण गर्नको लागि सवारी चेकिङलाई कडाई गरेको ट्राफिक प्रहरीले चालक र सह चालकहरुलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण दिएको छ ।

जिल्लामा ट्याक्टरको सङ्ख्या अत्याधिक मात्रमा बढेको र त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै चालकहरुलाई सचेत गराउनको लागि शुक्रबार प्रशिक्षण दिएको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख खुसहरि भण्डारीले बताउनुभयो ।

सदरमुकाम मन्थली तथा जिल्लाका विभिन्न ठाउँमा तीव्र गतिमा ट्याक्टर चलाउने, बिना लाइसेन्स चलाउने र ट्राफिक नियम समेत उलंघन गरेर ट्याक्टर हाँक्ने हुँदा पैदलयात्रीहरु दुर्घटनाबाट जोगाउनको लागि प्रशिक्षण दिएको हो ।
प्रशिक्षमा जिल्लाभरीका ६२ वटा ट्याक्टरका १ सय २० चालक र सहचालक सहभागी रहेका थिए । सदरमुकाम मन्थलीमा टयाक्टरले ध्वनी प्रदुषण र वातावरणमै समेत असर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्