रामेछाप जिल्लाभित्र नै क्रसर खोल्नु पर्छः सांसद पौडेल



२५ पुस, रामेछाप ।
रामेछाप प्रदेश सभा क्षेत्र नम्बर १ का सांसद शान्ति पौडेलले रामेछाप जिल्लाभित्र नै क्रसर उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । उहाँले जिल्लामा आवश्यक पर्ने ढुङ्गा, गिटी, बलुवा लगायतका निर्माण सामाग्री अन्यत्रबाट ल्याउनु पर्दा करोडौ बाहिर जाने अवस्था रोक्नको लागि जिल्लाभित्र नै क्रसर उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘हामी क्रसर खोल्नको लागि मापदण्ड खोज्छौ, मापडण्ड अनुसार जाने हो भने छिमेकी जिल्लामा खोलिएका सबै क्रसर बन्दा गर्नु पर्ने अवस्था आउँछ, तर विकास हुनको लागि केही कुरा सहनु पर्छ अनि मात्रै हामीले सोचे जस्तो विकास हुन्छ ।’
बुधबार सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद पौडेलले नागरिक समाजले प्रतिपक्षको जस्तो व्यवहार गरेको आरोप लगाउनुभयो । नागरिक समाजले भएका राम्रा कामको प्रचार गर्नुको साटो केही नराम्रा कामको टिप्पणी गरेर गलत प्रचार गर्ने गरेको उहाँको आरोप छ । सांद पौडेलले जिल्लामा भएको नागरिक समाजले स्थानीय सरकारसँग सहकार्य गरेर अगाडी बढ्न सकेको खण्डमा मात्रै जिल्लाको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्