रामेछापको एक मात्र संस्कृति विद्यालयको मुहार फेरियो
राजन महतारा क्षेत्री
३० पुस, रामेछाप । रामेछाप जिल्लाका एक मात्र संस्कृति विद्यालयको मुहार फेरिएको छ । विनाशकारी भुकम्पको कारण क्षति पुगेको जिल्लाको एक मात्र संस्कृत विद्याल शारदा संस्कृत माध्यमिक विद्यालयको पुननिर्माण भएपछि चिटिक्क बनेको हो ।
रामेछाप नगरपालिका–८ बाबियाखर्कमा रहेको विद्यालय २०७२ को विनाशकारी भुकम्पले ध्वस्त भएको थियो । भुकम्प गएको साढे ३ वर्षपछि सुविधा सम्पन्न पक्की भवन निर्माण भएको हो । ९ करोड ६५ लाख २८ हजार ३ सय ६० लागतमा निर्मित ५ वटा पक्की भवन अपाङग र बालमैत्री बनेको छ ।
भुकम्पिय आपलकालीन सहायता आयोजना कार्यक्रम अन्तर्गत नव निर्मित विद्यालय भवन एसियाली विकाश बैकको आर्थिक सहयोग र जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षाको अनुदान व्यवस्थापना निर्माण भएको हो ।
लुम्बिनी÷खानी जेभी निर्माण सेवाले २०१७ अप्रिल ७ तारिखमा आयोजना सम्झौता गरेको भवनको निर्माण सम्पन्न गर्नुपर्ने समय २०१८ जुलाई ६ सम्म मात्र थियो । निर्माण सम्पन्न गर्नुपर्ने समय सकिसकेको भएपनि अब छिट््टै सहयोगी दाताले विद्यालय हस्तान्तरण गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक घिमिरेले बताउनुभयो ।
वर्षातको समयमा विद्याय पुननिर्माण भइरहेका अवस्थामा पानीको भेल पस्दा पुन निर्माणमा केही समस्या भएको कारणले पनि काममा ढिलाई भएको अध्यक्ष घिमिरेको भनाई छ ।
विद्यालयका शिक्षक केदार प्रसाद घिमिरेले विद्यालयमा यस्तो भौतिक संरचना बन्ला भनेर आफुहरुले कल्पना समेत नगरेको बताउदै भन्नुभयो,‘यस्तो राम्रो चिटिक्क परेको विद्यालय भवन निर्माण हुन्छ भनेर कल्पना नै गरेका थिएनौ, सुविधा सम्पन्न भवन निर्माण हुँदा निकै खुसी लागेको छ ।’
जिल्लामा कहीं पनि संस्कृत पढाइ नहुने भएकाले संस्कृत पढ्न चाहने विद्यार्थीहरुका लागि अब विद्यालयमै होस्टेल राखेर संस्कृत कर्मकाण्ड पढाइने उहाँले बताउनुभयो । सारदा संस्कृत माविमा कक्षा शिशुदेखि १२ सम्म संस्कृत भाषामै पठनपाठन हुँदै आएको छ ।विद्यालयको सुरपरभिजन र डिजाइन इआरएमसी कम्पनीले गरेको हो ।