रामेछापमा भाइरल ज्वरोको बिरामी झन बढे
राजन महतारा क्षेत्री
१३ माघ, रामेछाप । रामेछापमा भाइरल ज्वरोको बिरामी झन बढेका छन् । केही दिनदेखि भाइरल ज्वरोका बिरामीले भरिभराउ भएको जिल्ला अस्पताल रामेछापमा बिरामीको चाप नघ्टदा समस्या भएको छ ।
अस्पतालमा दैनिक ५० देखि ६० जना भाइरल ज्वरोका बिरामीहरु उपचारका लागि जिल्ला अस्पताल आउने गरेका छन । केही विरामीहरु उपचारपछि घर फर्किए पनि नयाँ बिरामीहरु आउन थालेपछि जिल्ला अस्पतालका बेड भरिएका छन ।
भाइरल ज्वरोका बिरामी बढेकाले केही बिरामीहरुलाई अस्तालमा उपचार गर्न नसकिएपछि काठमाडौ रिफर गरिएको जिल्ला अस्पताल रामेछापका डा. मविन अर्यालले जानकारी दिए । उनका अनुसार अस्पताल आउने धेरै बिरामीहरुमा भाइरल ज्वरो र केही विरामीहरुमा दम रुघाखोकी, निमोनिया जस्ता समस्याहरु देखा परेको छ ।
अस्पताल आउने विरामीहरु मध्ये साना उमेर समुहका बालबालिकाहरुमा भाइरल ज्वरोको समस्या बही देखिएको छ । माघ १ गतेदेखि हालसम्मको तथ्याङलाई हेर्दा भाइरल ज्वरोबाट अस्पताल भर्ना हुने विरामीको संख्या ३० पुगेको अनमी अस्मिता केसीले बताइन ।
भाइरलबाट धेरैजसो बालबालिका तथा बृद्घहरु बही प्रभावित भएका छन । अस्पतालमा आउने अधिकांश विरामीहरुमा रुघाखोकी, ज्वरो, घाटी दुख्ने, छाती दुख्ने, हातखुट्टा दुख्ने जस्ता समस्याहरु लिएर विरामीहरु धेरै आउने गरेको डा. लिलामणि राजभला बताउछन ।
मौसम परिवर्तनसँगै फैलिएको भाइरल ज्वरोका बिरामीले १५ शैयाको जिल्ला अस्पताल खचाखच भरिएको उनले जानकारी दिए । चिसोको कारणले अस्पतालमा विरामीको चाप बढेको बताउँदै उहाँले भाइरल ज्वरोबाट बच्न न्यानो कपडा लगाउन, तातो खानेकुराहरु खान, रुघाखाकी लागि हाले विशेष ध्यान दिन धुलोबाट जोगिन र बालबालिका र वृद्धवृद्धाहरुको ख्याल गर्न अस्पताले आग्रह गरेको छ ।
भाइरल ज्वरोले विद्यार्थीहरु बिरामी परेपछि जिल्लाकै गौरीशंकर माध्यमिक विद्यालय २ दिनपछि आजबाट सन्चालनमा आएको छ । २ दिनपछि विद्यालय खुल्दा विरामी विद्यार्थीहरुको स्वास्थ्यमा केही सुधार आएको र विद्यालयमा पनि विद्यार्थीहरुको उपस्थिति बढेको विद्यालयका प्रअ निर बहादुर कार्कीले बताए ।