रामेछापको आठ वटै स्थानीय तहमा निगरानी गर्ने कांग्रेसको निर्णय



रामचन्द्र वि.क.
माघ १३, रामेछाप । नेपाली काग्रेस रामेछापले जिल्लाका आठै ओटा स्थानीय तहमा खबरदारी गर्ने निर्णय गरेको छ । स्थानीय तहमा भइरहेका विकास निर्माणको काम र नीति निर्माणको कामको विवरण लिई राम्रो कामलाई रचनत्माक सहयोग गर्ने एवं भइरहेका काममा ढिलासुस्ती र भ्रष्टचार भएको पाइएमा सशक्त खबरदारी गर्ने निर्णय गरेको हो ।


जिल्लामा स्थानीय सरकार आएपछि नीतिगत रुपमै भ्रष्टचार भइरहेको भन्ने व्यापक गुनासो आएपछि काग्रेसले त्यसलाई नियमन गर्न स्थानीय तहमा उम्मेदार भएका स्थानीय नेताहरुलाई त्यसको निगरानी गर्न आग्रह गरेको छ । आइतबार सदरमुकाम मन्थलीमा बसेको जिल्ला कार्य समितिले बैठले गरेको निर्णय पत्रकार मार्फत सार्वजनिक गर्दै काग्रेस प्रवक्ता नरायण बहादुर खड्काले जानकारी दिए ।
प्रशिक्षण विभागको जिम्मा सचिव कार्कीलाई

त्यस्तै बैठकले स्थानीय तहमा संचालन गर्न लागेको पार्टी प्रशिक्षणको जिम्मेवारी पार्टी सचिब लेख बहादुर कार्कीलाई दिएको छ ।

कार्कीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्दै आउँदो चैत्र मसान्तभित्र जिल्लाका आठै ओटा स्थानीय तहमा पालिकास्तरीय प्रशिक्षण शिविर राख्ने जिम्मेवारी दिएको हो । काग्रेसको जिल्ला कार्य समितिको बैठकले विभिन्न १० वटा निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए । रामेछापको आठ स्थानीय तह मध्ये रामेछाप नगरपालिका मात्र कांग्रेसले जितको छ । बाँकी सात वटा स्थानीय तहमा नेकपाले स्थानीय सरकार सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्