घरमा आगो लाग्दा रामेछापमा ११ महिने बालकको मृत्यु
राजन महतारा क्षेत्री
१४ माघ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६ पिपलटारस्थित एक घरमा आगो लागि हुँदा ११ महिने बालकको जलेर मृत्यु भएको छ । पिपलटारका शंखमान मगरका ११ महिने छोरा दिपेन्द्र मगरको घरमा आगो लाग्दा जलेर मृत्यु भएको हो ।
खरको छानाले छाएको घरमा बालकलाई सुताएर आमाबुबा मेलापात गएको बेला एक्कासी घरमा आगोलागी हुँदा बालको ज्यान गएको रामेछाप नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष समिर कार्कीले जानकारी दिए ।
आगो के कारणले लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए । आगोलागीबाट मगरको २ वटा खरको छानाले छाएको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने घरभित्र राखिएको भाँडा, लत्ताकपडा र नगद ५० हजार सहित ५ लाख बराबरको क्षति भएको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।