रामेछापको मन्थलीमा नेविसंघको दिनहुँ आन्दोलन
माघ १७, रामेछाप ।
नेपाल विद्यार्थी संघ रामेछापले कम्युनिष्ट सरकारको कार्यशैलीको बिरोधमा बिहिबार साँझ मन्थलीमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि नै सरकारले गर्ने हरेक निर्णय अधिनायकबादको आडमा जनताको अपेक्षा विपरीत भएको भन्दै त्यसको विरोधमामा नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको बताएको छ ।
शंख बजाउदै निकालिएको जुलुसमा प्रधानमन्त्रीको पुत्ला सहित बजार परिक्रमा गरी पुत्ला दहन गर्ने योजनालाई प्रहरीले हस्तक्षेप गर्न खोजेपछि उनीहरुले जिल्ला समन्वय गेट अगाडी नै पुत्ला दहन गरेका थिए ।सरकारले हत्यारा, बलात्कार, मेडिकल माफिया लगायत घटनाका दोषीलाई कारबाही नगरे सम्म आफ्नो आन्दोलन जारी राख्ने नेविसंघले बताएको छ ।