कान्तिपुर आइकनः कुलमान घिसिङ अर्थ–उद्यमबाट सम्मानित
६ फागुन, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कान्तिपुर आइनबाट सम्मानित भएका छन् । कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधा मध्ये अर्थ उद्यमतर्फ सम्मानित घिसिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।
मुलुकको समाज–राजनीति, सिर्जना–कला, अर्थ–उद्यम र विज्ञान–अन्वेषण क्षेत्रमा योगदान पुर्याएका चारजना अगुवा तथा प्रेरणादायी व्यक्तित्वलाई कान्तिपुरको २६ औँ वार्षिकोत्सवका अवसरमा सम्मानित गरिएको हो।
जनही ५ लाख रुपैयाँ बराबरको स्वर्ण पदकसहितको उक्त सम्मान ‘विज्ञान–अन्वेषण’ तर्फ वागवानी विज्ञ मुकुन्द रञ्जित, ‘सिर्जना–कला’ तर्फ सुनील पोखरेल, अर्थ–उद्यम तर्फ कुलमान घिसिङ, समाज–राजनीति तर्फ हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे )सुन्तली) लाई प्रदान गरिएको हो।