नागकन्या माविका विद्यार्थीलाई खुर्कोटकाे अस्पतालमा १५ प्रतिशत छुट
लिटिल स्टार स्कुलले जित्यो बाजी
१० फागनु, रामेछाप ।
मन्थली नगरपालिका–१ मा स्वास्थ्य सेवा र रोगको बारेमा जानकारी दिने उदेश्यले आयोजित अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता लिटिल स्टार बोर्डिङ स्कुलले जितेको छ । पाँच मावि विद्यालय मध्य लिटिल स्टार बोर्डिङ स्कुललले नगद ८ हजार प्राप्त गर्न सफल भएको हो ।
प्रतियोगीतामा कर्कलादेवी बोर्डिङ स्कुलले नगद ६ हजार सहित द्धितिय र मन्थली मावि नगद ४ हजार सहित तृतिय भएका थिए । प्रतियोगीतमा विजयी टिमलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा नागकन्या मावि र तामाकोशी माविले सान्त्वना स्थान हासिल गरेका छन ।
सन्धुली जिल्लाको खुर्कोटमा २०७४ सालदेखि सञ्चालनमा आएको २५ शैयाको शुभ जीवन अस्पताले माझी समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयलाई लक्षित गरि कार्यक्रम आयोजना गरेको अस्पतालका डा.राजन न्यौपानेले बताए ।
त्यसैगरी नागकन्या माविमा अध्ययनरत जेहन्दार माझी समुदायका कक्षा ८ मा अध्ययनरत सविन माझी र कक्षा ३ मा अध्ययनरत दिपीका माझीलाई वाषर््िाक पाँच हजारको शुभ जीवन छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको डां न्यौपानले जानकारी दिए । उनका अनुसार नागकन्या माविका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु उपचारको लागि शुभ जीवन अस्पताल आएमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले स्वास्थ्य विषयसँग सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता मन्थलीमा आयोजना हुनु खुसीको विषय भएको बताए । उनले जनचेतनामूलक कार्यक्रमले विद्यार्थीहरुमा स्वास्थ्यको बारेमा राम्रो ज्ञान हुनुको साथै स्वच्छ र सफा नगरपालिका बनाउनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।