रामेछापको पुरानागाउँमा बन्यो शहीद आरणको सालिक, सभापति देउवाले गरे अनावरण



रामचन्द्र वि.क.
१६ फागुन, रामेछाप । नेपाली काग्रेसका सभापति शेर बहादुर देउबाले प्रजातन्त्र खतरामा परेको बताएका छन् । रामेछापको मन्थली–९ पुरानागाउँमा शहिद टिकाराज आरणको सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले सरकार अधिनायकवादतर्फ लागेकाले प्रजातन्त्र खतरामा परेको बताएका हुन् । उनले वर्तमान कम्युनिष्ट सरकारले नै जनताले पाउने प्रजातान्त्रिक अधिकारलाई खोस्दै गएकाले प्रजातन्त्रको संरक्षणमा लाग्नु पर्ने बताए ।


पुर्व प्रधानमन्त्री समेत रहेका देउबाले शहिदहरुले देखाएको सपनालई पुरा गराउनको लागि काग्रेस सधै लगि पर्ने बताए । २०५७ साल फागुन १६ गते तत्कालिन विद्रोही नेकपा माओवादीले अपहरण गरी हत्या गरिएका आरणको सम्झनामा सालिक निर्माण गरिएको हो ।

आरणलाई नेपाल सरकारले २०६७ साल असार ९ गते शहिद घोषणा गएिको थियो । आरणको सम्झनामा उनका छोरा ज्ञानेन्द्रराज आरणको सक्रियतामा शालिक निर्माण गरिएको हो ।


शहिद टीकाराज आरण स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त शालीक अनावरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक, जिल्ला सभापति लवश्री न्यौपाने, जिल्ला सचिव लेखबहादुर कार्की, रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का, काग्रेस नेता कान्छाराम तामाङ्ग, लगायतका वक्ताहरुले नेपाली प्रजातान्त्रिक इतिहासमा टिकाराज आरणले खेलेको भूमिका उच्च रहेको भन्दै याेगदानकाे बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्