वडा कार्यालयद्धारा विद्यालयलाई प्राथमिक उपचार बक्स
२१ फागुन, रामेछाप ।
रामेछाप नगरपालिका–८ अन्र्तगत रहेका ९ वटा विद्यालयलाई प्राथमिक उपचार बक्स वितरण गरिएको छ । वडाभित्र रहेका तीन वटा मावि र ६ वटा आधारभूत विद्यालयलाई प्राथमिक उपचार बक्स प्रदान गरिएको हो ।
विद्यार्थीलाई लाग्ने समान्य चोट पटक र अस्पताल पुर्याउनु अघि नै सामान्य उपचार गर्न सकियोस भनेर प्राथमिक उपचार बक्स वितरण गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले बताए ।
वितरण गरिएको प्राथमिक उपचार बक्सभित्र माक्स, ह्डान्डि प्लास्ट, व्यान्डेज, सोडियस, क्लोराइड, चिम्टी, पन्जा कैँची लयातका समाग्रीहरु छन । साथै सोही कार्यक्रममा वडाभित्र रहेका विद्यालयका समस्या र समाधानका लागि वडाले गर्न सक्ने पहलको विषयमा पनि छलफल गरिएको छ । छलफल कार्यक्रमा ९ वटै विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।