कुलमान घिसिङलाई अमेरिकामा भव्य स्वागत
२३ फागुन, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकामा भव्य रुपमा स्वागत गरिएको छ । अमेरिकाको भ्रमणमा रहेका घिसिङलाई अमेरिकाको वाशिंगटन डिसीमा नेपाली समुदायले भव्य स्वागत गरेका हुन् ।
अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित तामाङ सोसाइटी अफ ग्रेटर वाशिंगटनले आयोजना गरेको कार्यक्रममा घिसिङलाई आयोजक तथा सहभागीहरुले खादा तथा मायाको चिचो प्रदान गर्दै सम्मान गरेका हुन् ।
बिश्व बैंकमा भाग लिन आएका घिसिङको यो दोस्रो अमेरिका भ्रमण हो । अमेरिकामा रहेका नेपालीहरुले घिसिङले ईमान्दारिता ,कार्यकुशलता तथा निष्ठाको कारण सबै नेपालीहरुले गौरवको महशुस गरेको बताएका थिए । समाजका अध्यक्ष उत्तर लामाले नेपाललाई उज्यालो बनाई दिनु भएकोमा धन्यबाद दिएका थिए ।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले आफुले धेरै हौसला पाएको बताउदै आफ्नो कार्यकालमा परिवर्तन गर्न सकेकोमा खुसी व्यक्त गरे । सबैको सहयोगले परिणाम हासिल गर्न सफल भएको घिसिङले बताए । ‘सही ठाउँमा सही मान्छे भन्दा सबै ठाउँमा सही मान्छे हुनु पर्छ’, उनले भने,‘घाटामा गएको प्राधिकरण अहिले नाफामा आएको छ ।’