रामेछापमा नेकपाले टुंगो लगायो तीन स्थानीय तहको अध्यक्ष
१४ चैत्र, रामेछाप ।
नेकपा रामेछापले तीन स्थानीय तहको अध्यक्षको टुंगो लगाएको छ । पूर्व माओवादी केन्द्रकोको भागमा परेको तीन वटा स्थानीय तहमा अध्यक्षको नाम टुंगो लगाएको हो । पूर्व माओवादी केन्द्रले रामेछापको आठ वटा स्थानीय तह मध्य सुनापती गाउँपालिका, दोरम्बा गाउँपालिका र रामेछाप नगरपालिकामा पार्टीको अध्यक्ष पाएको छ ।
पूर्व माओवादीले सुनापती गाउँपालिकाको अध्यक्षमा विकास दोङ, दोरम्बा गाउँपालिकाको अध्यक्षमा हिरा श्रेष्ठ र रामेछाप नगरपालिकाको अध्यक्षमा मोतीलाल तामाङलाई बनाउने गरी सिफारिस सहित नामावली बुझाएको छ । जिल्लाबाट सर्वसम्मत रुपमा नामावली टुंगो लगाएर पठाएको नेकपाका एक नेताले बताए । उनले रामेछाप न्युजसँग भने,‘सिफारिस गरेर पठाएका अध्यक्षलाई नै अब पार्टीले औपचारिकता दिन्छ ।’
दोरम्बा गाउँपालिकामा यस अघि नै पूर्व माओवादीको भेलाबाट हिरा श्रेष्ठलाई सर्वसम्मत पार्टीको अध्यक्ष बनाउने निर्णय गरेको थियो । सुनापती गाउँपालिकाबाट पनि विकास दोङ सर्वसम्मत सिफारिस भएका छन् । पूर्व माओवादीले अध्यक्ष पाएको ठाउँमा पूर्व एमालेले कमिटीको सचिव पाउने छ ।