दोरम्बा गाउँपालिकाका वडा सदस्यको निधन



१६ चैत्र, काठमाडौं ।
दोरम्बा गाउँपालिका–३ टोकपुरका निर्वाचित वडा सदस्य हिरा थापाको असामहिक निधन भएको छ । केही दिन अघि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र वासवारीमा भर्ना गरिएका थापाको उपचारको क्रममा थापाको हिजो निधन भएको हो ।


पूर्व एमालेको टोरपुर गाविसका गाउँ कमिटीका अध्यक्ष समेत थापा हाल नेकपाको नेता रहेका थिए । ५४ बर्षिय थापाले पञ्चात विरुद्धको आन्दोलनमा सक्रियतापूर्व भूमिका निर्वाह गरेकै कारण धैरे झुटा मुद्दाको समेत सामना गर्नु परेको थियो । नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेलले थापाको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको बताए ।

वरिष्ठ नेता नेपालले ओडाए पार्टीको झण्डा
मृतक थापाको पार्थिक शरीरमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् । श्रद्धान्जली कार्यक्रममा नेकपा तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेल, केन्द्रीय सदस्य देवशकर पौडेल, कमल चौलागाई, दोरम्बा गाउँपालिका जनप्रतिनिधि, नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्