नेकपा रामेछापले टुंगो लगायो पाँच स्थानीय तहको सचिव (सूचिसहित)
स्नेहा सिलवाल
१८ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी रामेछापले पाँच वटा स्थानीय कमिटीमा रहने सचिवहरुको टुंगो लगाएको छ । रामेछापको आठ वटा स्थानीय तहमा पूर्व एमालेले पाँच र पूर्व माओवादी केन्द्रले तीन वटा स्थानीय कमिटी भागवण्डा गरेका थिए ।
सोही सहमति अनुसार पूर्व माओवादीले सुनापती गाउँपालिका, दोरम्बा गाउँपालिका र रामेछाप नगरपालिकाको अध्यक्षको टुंगो लगाइसकेको छ । त्यसैगरी पूर्व माओवादीको भागमा परेको चार गाउँ कमिटी र एक नगर कमिटीका सचिवहरुको पनि टुंगो लगाएको नेकपाका एक नेताले बताए ।
पूर्व माओवादीले मन्थली नगरपालिकाको सचिवमा गंगा गोले, खाडाँदेवी गाउँपालिकाको सचिवमा मोतीलाल तामाङ, लिखु तामाकोसी गाउँपालिकाको सचिवमा शेर बहादुर खड्का, गोकुलगंगा गाउँपालिकाको सचिवमा राजकुमार बस्नेत र उमाकुण्ड गाउँपालिकाको सचिवमा अन्नत खड्कालाई सिफारिस गरेको छ ।
नेकपा रामेछापले पाँच वटा स्थानीय तहको सचिवहरुको नाम सर्वसम्मत रुपमा टुंगो लगाएर प्रदेश कार्यालयमा सिफारिस गरेको छ । सिफारिस भएकै नामावली नै अनुमोदन हुने ती नेताले रामेछाप न्युजलाई बताए । उनले भने,‘तीन स्थानीय तहका अध्यक्ष पनि सर्वसहमतिबाट टुंगो लगाएका छौ, पाँच वटा स्थानीय तहको सचिवहरुको नाममा पनि सहमति जुटाएर प्रदेश कार्यालयमा सिफारिस गरेका छौं ।’