नेकपा छाडेर बेथानका ५६ जना कांग्रेसमा प्रवेश, देउवाले लगाए टिका (सूचिसहित)
२७ चैत्र, काठमाडौं ।
पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै सुनापती गाउँपालिका–४ बेथानका ५६ जना नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी एकता भएको एघार महिनासम्म पनि पार्टीले गति लिन नसकेको र नेताहरुको कार्यशैली ठिक नभएको भन्दै नेकपाका कार्यकताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रमकोबीच नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले टिका लगाएर कांग्रेसमा प्रवेश गराए । रामेछाप कांग्रेसका पार्टी सभापति लवश्री न्यौपानेले कांग्रेसलाई सुदृढ बनाउने जिम्मेवारी नयाँ पुस्ताकै भएको बताउदै नवप्रवेशीलाई पार्टीको विधान अनुसार जिम्मेवारी दिएर संगठनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रामेछाप पार्टी प्रवक्ता नारायण बहादुर खड्काले नवप्रवेशीहरुलाई स्वागत गर्दै बेथानलाई जिल्लाकै कांग्रेस गढ बनाउन लागि परेको दावी गरे ।
कार्यक्रममा रामेछापका उपसभापति जितेन्द्र कुमार मोक्तान, पूर्वपार्टी सभापति रामचन्द्र खड्का, पूर्व केन्द्रीय सदस्य लक्ष्मण घिमिरे, पूर्ण बहादुर तामाङ कान्छाराम तामाङ लगायतको सहभागीता रहेको थियो ।
नेकपाबाट नेपाली कांग्रेस प्रवेश गर्नेहरुमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा सञ्चार विभाग सदस्य विष्णु बहादुर तामाङ मोहन, दलित मक्ति मोर्चाका अध्यक्ष सन्दिपराज नेपाली, तामाङ मुक्ति मोर्चाका केन्द्रिय सदस्य छोइसाङ लामा दानबहादुर लगायत ५६ जना रहेका छन् । पार्टी प्रवेश कार्यक्रममा कांग्रेसले चार सय जना नेकपाका नेता र कार्यकर्ता प्रवेश गर्ने घोषणा गरेपनि नेकपाका ५६ जना कार्यकर्ता मात्र कांग्रेसमा प्रवेश गरेका हुन् ।
हेर्नुहोस नेकपा छोडेर कांग्रेसमा प्रवेश गर्नेहरुको सूचिसहित