पर्यटकीय क्षेत्र सैलुङमा वैशाक १३, १४ र १५ गते महोत्सव हुने
२७ चैत्र, काठमाडौं ।
पर्यटकीय क्षेत्र सैलुङमा आगामी वैशाक १३, १४ र १५ गते सैलुङ महात्सव हुने भएको छ । रामेछाप र दोलखाको सीमाना सैलुङलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा थप प्रचार प्रचार प्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । सैलुङ पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाए पनि उचित प्रचार प्रसार भने हुन सकेको छैन् । स्थानीय सरकारको पहलमा पहिलो पटक सैलुङ महोत्सव आयोजना गरिएको छ ।
रामेछापको दोरम्बा गाउँपालिका,दोलखाको शैलुङ र मेलुङ गाउँपालिकाको संयुक्त आयोजनामा हुने लागेको सैलुङ महात्वसको बारेमा आज पत्रकार सम्मेल मार्फत जानकारी गराइएको छ ।
कार्यक्रममा पूर्व पर्यटन मन्त्री तथा नेकपाका तीन नम्बर प्रदेश सचिव आनन्द पोखरेल, नेकपाका नेताहरु पशुपति चौलागाई, देवशंकर पौडेल, कमल चौलागाई, संघीय सांसदहरु पार्वत गुरुङ, श्यामकुमार श्रेष्ठ, शान्ति पाख्रिन पूर्व सभासद डिल्लीमान तामाङ, लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले ऐतिहासिक, धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोण महत्वपूर्ण भएकाले सरकारले पनि लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले सञ्चालन गरेको कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो । महोत्सव रामेछापको दोरम्बा गाउँपालिकाको खोलाखर्कमा हुनेछ ।