सुनापती गाउँपालिका खेलकुद विकास समितिको अध्यक्षमा घिमिरे



२८ चैत्र, रामेछाप ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित सुनापती गाउँपालिका खेलकुद विकास तदर्थ समिति गठन भएको छ । पहिलो भेलाले गोविन्द घिमिरेको अध्यक्षतामा १३ सदस्यी तदर्थ समिति गठन भएको हो ।

सदस्यहरुमा विवेक कुमार लामा, असलमान योञ्जन, शुक्र बहादुर तितुङ, भिष्मराज चौलागाई, मनिक तामाङ, राजेन्द्र मोक्तान, मोनिमा योञ्जन, लक्ष्मी मानन्धर, सुजन लामा, जिग्मे लामा, फूर्वा मोक्तान र कुमार चौलागाई रहेका छन् ।

सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा आज आयोजित कार्यक्रमा गाउँपालिकाका अध्यक्ष धावा खेलकुद क्षेत्रको विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले खेलकुद क्षेत्रको लागि गाउँपालिकाले ध्यान दिने बताए ।

कार्यक्रममा सुनापती गाउँपालिका–५ खनियापानीका वडा अध्यक्ष ठूलोकान्छा तामाङ, वडा नम्बर ३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङ, समाजसेवी बिबी तामाङ, नेकपाका नेता राज मैलानी लगायतले तर्दथ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै खेलकुद क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्